• गणित सम्मेलन असारमा
    (अन्तैबाट)

  • काठमाडौं । अमेरिकामा रहेका नेपाली गणितज्ञहरूको संगठन (एएमएनए), नेपाल गणित समाज, गणित केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयको गणित शाखाको आयोजनामा असार १२ गतेदेखि असार १५ सम्म ‘एप्लिकेसन अफ म्याथम्याटिक्स टु नन लिनियर साइन्सेस’ सम्मेलन हुने भएको छ ।

    पोखरामा हुने सम्मेलनमा गणितको प्रयोग हुने विभिन्न विधामा १ सय २० कार्यपत्र प्रस्तुत हुने भएको छ। नेपाललगायत अमेरिका, भारत, श्रीलंका, जमर्नी, बेलायत, कोरिया, पोर्चुगल, ताइवान, मलेसिया, दक्षिण अफ्रिका, टर्की, हङकङ, बङ्गलादेश र चेक गणतन्त्रका २ सय बढी गणित वैज्ञानिक सहभागी हुने त्रिविका गणित विषयका लेक्चरर जीवन काफ्लेले बताए।

    नागरिकमा खबर छ ।