२०७६ असोज २७ गते

जर्नी टु अष्ट्रेलिया सिजन ३ सुरु

अन्तैबाट

काठमाडौं । अष्ट्रेलियामा अध्ययन गर्न जाने बिद्यार्थीको अवस्था, शैक्षिक संस्थाको सेवा सुबिधा लगायतका बिषयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।


सौजन्य मिडियाको आयोजनामा सम्पन्न भएको अन्र्तक्रिया कार्यक्रममा जर्नी टु अष्ट्रेलिया ३ नामक कार्यक्रमको समेत सुरुवात गरिएको छ । यसअघि २ वटा सिरिज सम्पन्न गरिसकेको यस कार्यक्रममा अष्ट्रियामा अध्ययन गर्न जाने र गएका विद्यार्थीको अवस्थामा बारेमा जानकारी दिईएको थियो ।

अष्ट्रेलियामा जान चाहने र गएका बिद्यार्थीलाई कसरी नेपाल फर्काउने, त्यहाँ भोगिरहेका समस्या, शिक्षाको गुणस्तर लगायतका बिषयमा छलफल गरिएको थियो । अध्ययन गर्न गएका विद्यार्थीमा देखिएको बढदो आत्महत्या कोर्सको अवधीका बारेमा जानकारी दिईएको थियो ।


भृकुटीमण्डपस्थित नेपाल टुरिजम बोर्डमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा नेपालका लागि अष्ट्रेलियन राजदुत पिटर बड, अष्ट्रेलियाका लागी नेपाली राजदुत लकी शेर्पा, शिक्षा मन्त्रालयका सहसचिब हरि लम्साल, एनएस डब्लु सिड्नीका अबैधानिक महाबाणिज्यदुत दिपक खड्का, नेपाल अष्ट्रेलिया चेम्बर अफ कमर्सका अध्यक्ष अखिल चापागाई, इक्यानका अध्यक्ष बिष्णुहरी पाण्डे, सौजन्य मिडिया तथा हिमालयन टेलिभिजनका प्रवन्ध निर्देशक श्याम कंडेलको उपस्थिती रहेको थियो ।

कारोवारमा खबर छ ।

Comments: