२०७६ भदौ ५ गते

बाल विकासका शिक्षकहरुको माग, अन्य शिक्षक सरह सुविधा देऊ

प्रभा रावत/सुर्खेत



प्रारम्भिक बालविकास केन्द्रका बाल विकासका शिक्षकहरुले सरकारले आफुहरुलाई उचित सेवा सुविधाको व्यवस्था गर्न माग गरेका छन्  । प्रदेश संसदहरुको बाल विकास केन्द्र ककस समितिका सदस्यहरु र बाल विकासका शिक्षकहरुले  अन्तर्क्रियामा अन्य शिक्षक सरह सुविधा दिन  माग गरेका हुन् ।

हाल प्रारम्भिक बालविकासमा कार्यरत शिक्षकहरुले मासिक ६ हजारमा काम गर्न बाध्य छन् ।

उनीहरुले तालिमको व्यवस्था, उचित पारिश्रमिकको व्यवस्था, बालमैत्री कक्षाकोठाको व्यवस्था, बालविकास केन्द्रको मापदण्ड अनुसारको व्यवस्था हुनुपर्ने लगायतमा मागहरु राखेका छन् ।

कार्यक्रममा नगर प्रारम्भिक बालविकास सुधार समितीको अध्यक्ष  लंका योगीले सरकारले बालबिकास केन्द्रहरुलाई मापदण्ड अनुसार सेवासुविधाहरु उपलब्ध गराउनुपर्ने बताइन् । उनले नयाँलाई नियुक्त गर्दा उनिहरुको दक्षताका आधारमा भएपनि पुराना शिक्षिकालाई क्षमता बृद्धि गर्न पहल गर्नुपर्ने बताइन् ।  

गरिखाने शिक्षा प्रदेश सरकारको प्राथमिकता मन्त्री रावल

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले ठगि खानेभन्दा गरिखाने शिक्षा प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए ।

उनले विगतको परम्परागतभन्दा अव अनुसन्धानमूलक र प्राविधिक शिक्षाको आवश्यकता भएकोले त्यो शिक्षाले मात्रै गरिखान सिकाउने उल्लेख गरे ।

वीरेन्द्रनगरमा भएको एक कार्यक्रममा मन्त्री रावलले विगतको शिक्षा गरिखान भन्दा ठगिखान सिकाउने हुँदा अव प्रदेश सरकारले गरिखान सिकाउने शिक्षालाई जोड दिएको स्पष्ट पारे ।

Comments: