• कक्षा ११ को मौका परीक्षाको नतिजा सार्वजनिक,८६ दशमलव २४ प्रतिशत उतीर्ण
    ()

  • काठमाडौं । कक्षा ११ को मौका परीक्षाको नतिजा सार्वजनिक भएको छ । परीक्षामा ८६ दशमलव २४ प्रतिशत परीक्षार्थी उतीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले यही माघ ८ गते सञ्चालन गरेको परीक्षाको नतिजा आइतबार प्रकाशित गरेको हो ।


    बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्यालका अनुसार  परीक्षामा कुल ५३ हजार ५०७ जना परीक्षार्थी सहभागी भएकोमा ४६ हजार १४३ जना परीक्षार्थी उतीर्ण भएका हुन् । बोर्डले कक्षा ११ को नियमित परीक्षामा एक विषयमा अनुतीर्ण भएका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गरेको थियो ।

    नतिजाका लागि यहाँ क्लिक गर्नुहोस्