२०७६ कार्त्तिक २ गते

कक्षा ११ र १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक(तालिका सहित)

काठमाडौं । कक्षा ११ र १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक भएको छ । कक्षा १२को परीक्षा आगामी वैशाख १० गतेदेखि र कक्षा ११को परीक्षा वैशाख २४ गतेदेखि सुरु हुनेछ ।

राष्ट्रिय परीक्षा बोर्ड सानोठीमीले २०७४ सालको कक्षा ११ र १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । कक्षा ११को परीक्षा जेठ तीन गतेसम्म र १२ कक्षाको वैशाख २२ गते सम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।


२०७४ सालको वार्षिक परीक्षामा सहभागी हुने परीक्षार्थीहरुले आगामी माघ मसान्तभित्र परीक्षा आवेदन फाराम भरिसक्नुपर्ने बोर्डले जनाएको छ । उक्त समयसम्ममा छुटेका परीक्षार्थीले थप शुल्कसहित फागुन १५ गतेसम्म आवेदन फारम बुझाउन सक्नेछन् ।

Comments: