२०७६ असोज २ गते

कक्षा ११ को नतिजा सोमवार, ७३ जनाको नतिजा भयो रद्द


भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सोमवार भित्रै सार्वजनिक गरिने जनाएको छ । बोर्डले पौषभित्रै नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो ।


राष्ट्रिय परीक्षा बोर्डको बिहिवार बसेको बोर्ड बैठकले कक्षा ११ को परीक्षामा अमर्यादित गतिविधि गर्ने ७३ विद्यार्थीको परीक्षा रद्द गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार कक्षा ११ को नतिजा सार्वजनिक गर्ने सम्पूर्ण तयारी पुरा भइसकेको र केही दिन भित्रै नतिजा सार्वजनिक गरिनेछ ।


नतिजा सार्वजनिक नहुँदा कक्षा १२ उत्तिर्ण भएर कक्षा ११ को आंशिक परीक्षा दिएका विद्यार्थी स्नातक पढ्नबाट बञ्चित हुने खतरा बढ्दै गएपछि बोर्डले चुनावकै विचमा गत मंसिर १८ गते आँशिकको नतिजा सार्वजनिक गरेको थियो ।


स्थानीय तहको निर्वाचनका कारण पटक पटक मिति सार्दै असार १ गतेदेखि कक्षा ११ को परीक्षा भएको थियो । परीक्षामा सहभागी हुन देशभरबाट चार लाख ४९ हजार ५४ विद्यार्थीले फारम भरेका थिए ।


कक्षा ११ र १२ को परीक्षा फारम खुल्यो
परीक्षा बोर्डको बिहीवारको बैठकले आगामी कक्षा ११ र १२ का लागि परीक्षा फारम खुलाउने समेत निर्णय गरेको बोर्डका अध्यक्ष प्राडा पौडेलले जानकारी दिए । आगामी बैशाख जेठमा सञ्चालन गरिने कक्षा ११ र १२ को परीक्षा फारम खुलाउने निर्णय भएको छ । –अध्यक्ष पौडेलले भने ।

Comments: