२०७६ असोज १ गते

कसरी सच्याउने प्रवेश पत्रको विवरण ?

ईपाटी संवाददाता


भक्तपुर । शिक्षक सेवा आयोगले  शिक्षक लाइसेन्स परीक्षाको प्रवेशपत्र आयोगको वेवसाइटमा सार्वजनिक गरेको छ ।


आयोगको वेवसाइटको अनलाइन एप्लीकेशनमा गई प्रवेशपत्र लेखिएको बटनमा क्लिक गरी आफ्नो भौचरमा रहेको एप्लिकेशन आईडी र मोबाइल नम्बर इन्ट्रि गरी प्रवेशपत्र पाउन  सकिने आयोगले जनाएको छ ।


विवरण गलत भएमा कसरी सच्याउने ?


१. शिक्षक लाइसेन्स विज्ञापनको शर्त बमोजिम फारममा विवरण नभरेका  र तोकिएको राजश्व रकम नबुझाउनेको प्रवेश पत्र नदेखिने र देखिएपनि पूर्ण नदेखिने वा अस्वीकृत हुने आयोगले जनाएकोछ ।  यसो भएमा फारम अस्वीकृत नहुनुपर्ने प्रमाण कागजातहरु(बैंक भौचरसमेत) सहितको विवरण सच्याउन आयोगमा निवेदन पठाउनु र्ने छ ।


२. नाम, थर, जन्ममिति, जिल्ला र ठेगाना नमिलेको भए नागरिकता, वि.नं. र नमिलेको भए ट्रान्सक्रिप्टको स्क्यान कपी  सहितका कागजातहरु आयोगमा पठाउनुपर्नेछ ।


३. केही उम्मेदवारहरुको अनलाइन फारम भर्न चाहेको जिल्ला छनोट नभएको  वा जिल्ला खाली रहेको र कतिपय उम्मेदवारहरुले परीक्षा दिन नपाइने विषयमा फारम भरेको पाइएको छ । पूर्व विज्ञापनको शर्तबमोजिम जिल्लाको नाम भर्न र विषय परिवर्तन गर्नका लागि बैंकको भौचर, ट्रान्सक्रिप्ट समेत राखी आयोगमा इमेलमार्फत निवेदन दिनुपर्नेछ । अन्यथा फारम अस्वीकृत हुने आयोगले जनाएको छ ।


प्रवेशपत्र हेर्दा देखिने आफ्नो विवरण फरक परेमा बैंक भौचर र आवश्यक कागजातहरु(पार्सपोर्ट साइजको फोटो र दस्तखत अनिवार्य जेपिजी फर्मेटमा) संलग्न गरी ३ दिन भित्र आयोगको इमेल tscapplication1@gmail.com मा निवेदन दिनुपर्ने आयोगले जनाएको छ ।

यि पनि हेर्नुहोस्

शिक्षक लाइसेन्स परीक्षाको प्रवेशपत्र वेवसाइटमा, त्रुटि भए सच्याउन ३ दिने म्याद

कसरी हेर्ने शिक्षक लाइसेन्स परीक्षाको प्रवेश पत्र ?

Comments: