२०७६ असोज २ गते

सहमति धोका भन्दै अस्थायी शिक्षकहरु पुनः आन्दोलित, नयाँ संघर्ष समिति गठन


काठमाडौं । अस्थायी शिक्षक र शिक्षा मन्त्रालय बीचको चार बुंदे सहमतिलाई धोका भन्दै अस्थायी शिक्षकहरु थप आन्दोलित बनेका छन् ।


नेतृत्वले आन्दोलन महासंघमा लगेर बुझाएका भन्दै अस्थायी शिक्षकहरुले नयाँ संर्षष समिति बनाएर आन्दोलन गर्ने भएका छन् । नयाँ ढंगले आन्दोलन बढाउने भन्दै आइतवार प्रविन न्यौपानेको नेतृत्वमा १५ सदस्यीय अस्थायी शिक्षक संघर्ष समिति पुर्नगठन गरिएको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा रामअयोद्या महतो, उपाध्यक्षमा टुक बहादुर खड्का र महासचिवमा तेजबहादुर भण्डारी रहेका छन् । त्यस्तै, समितिको सचिवमा राम नरदाश कुशवाह, कोषाध्यक्षमा हिरा तामाङ र सह–कोषध्यक्षमा इन्दु विश्वकर्मा रहेका छन् ।


सदस्यहरुमा रविराज खड्का, नवराज गिरी, सम्झना श्रेष्ठ, सीता भट्टराई, अप्सरा डल्लाकोटी, रविकान्त उपाध्याय र सञ्चप्रसाद बराल रहेका छन् ।


नवगठित संघर्ष समितिले अस्थायी शिक्षक र शिक्षा मन्त्रालय बीच भएको चार बुंदे सहमतिको पहिलो बुंदा सकारात्मक र स्वागत योग्य भएपनि दुंदा नं २ लगायत अन्य बुंदा अस्थायी शिक्षकका विरुद्धमा भएकाले थप अधिकारका लागि संघर्ष गर्ने निणर्य समेत गरेको अध्यक्ष प्रविन न्यौपानेले जानकारी दिए ।

२०६३ सालको संशोधित शिक्षा ऐन र सर्वोच्च अदालतको परमादेश अनुसार अस्थायी शिक्षकहरुको व्यवस्थापन गर्नुपर्ने समितिले माग गरेको छ । आन्दोलन गर्ने र कुनै एकपक्षको माग पुरा हुन साथ आन्दोलन तुहाउने नेतृत्वको कारण अस्थायी शिक्षकहरुले लामो समयको आन्दोलनबाट समेत न्याय पाउन नसकेको सतितिले ठहर गरेको छ । अब सहमतिको पहिलो बुंदा कार्यान्वयन गर्न दबाद दिने र थप अधिकार प्राप्तिका लागि आन्दोलन गर्ने समितिले जनाएको छ ।


समितिले पहिलो निर्णय गर्दै, शिक्षा ऐन तत्काल संशोधन गरी एक व्यक्ति एक पद रहनेगरी दरवन्दीको व्यवस्था गरी सम्पूर्ण अस्थायी शिक्षकहरुलाई बिना सर्त प्रक्रिया पु¥याइ स्थायी गर्नुपर्ने माग गरेको छ ।


यदी सरकारले अविलम्ब ऐन संशोधनको प्रक्रिया शुरु गरेर सवै अस्थायी शिक्षकहरुलाई प्रक्रिया पु¥याइ स्थायी नगरे चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने अध्यक्ष न्यौपानेले जानकारी दिए । नेतृत्वले धोका दिएकाले नै नयाँ संघर्ष समिति घोषणा गर्नुपरेको उनको जिकिर थियो ।

यो पनि पढ्नुस् 

 

फेरी चुक्यो अस्थायी शिक्षक आन्दोलन, सहमतिका नाममा झुक्यायो मन्त्रालयले

 

 

 

Comments: