२०७६ भदौ ६ गते

हेर्नुहोस्, निमावितहको पूर्व र मध्यमाञ्चल क्षेत्रको विज्ञान विषयको नतिजा

ईपाटी संवाददाता


भक्तपुर । शिक्षक सेवा आयोगले मंगलवार अस्थायी शिक्षकको निम्न माध्यमिक तहको पूर्व र मध्यमाञ्चल विकास क्षेत्रको  विज्ञान विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले सोमबारदेखि अस्थायी शिक्षकको आन्तरिक विज्ञापनको नतिजा सार्वजनिक गर्न शुरु गरेको थियो ।


 आयोगले सोमबार सबै क्षेत्रको  निम्न माध्यमिक तहको ’गणित विज्ञान’ र पूर्व र मध्यमाञ्चल विकास क्षेत्रको गणित विषयको नतिजा सार्वजनिक गरेको थियो ।


अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराउन असार २९ र ३० गते परीक्षा लिइएको थियो । परीक्षामा अस्थायी दरबन्दी कायम रहेको २२ हजार ७९ पदका लागि अस्थायी शिक्षकबीच प्रतिस्पर्धा भएको थियो ।  शिक्षकका फरकफरक समूहले फरकफरक माग राख्दै आन्दोलन गरेकाले आयोगले पाँचौ पटकको प्रयासमा अस्थायी शिक्षकका लागि परीक्षा लिन सफलता पाएको थियो ।

यसबाहेक आयोगले खुला प्रतिस्पर्धाबाट १२ हजार ७ सय ३९ दरबन्दीमा शिक्षक नियुक्त गर्न असोज ११, १२ र १३ गते परीक्षा सञ्चालन गरेको थियो ।

Comments: