• माघ २५ भित्र थप कागजात नबुझाए २०१ अस्थायी शिक्षकले परीक्षा दिन नपाउने
    ()



  • भक्तपुर । अस्थायी शिक्षकको परीक्षामा सहभागी हुन आवेदन दिएका २०१ अस्थायी शिक्षकहरुको आवश्यक कागजात अपुग पाइएको छ । आगामी माघ २५ भित्र आवश्यक कागजात नबुझाए उनीहरुलाई परीक्षाबाट बञ्चित गरिने शिक्षक सेवा आयोगले जनाएको छ ।


    आयोगले शुक्रवार एक सूचना प्रकाशित गर्दै परीक्षाका लागि दरखास्त दिएका मध्ये २०१ जना शिक्षकले आवेदनमा आवश्यक कागजात संलग्न नगरेकाले आवेदन स्वीकृत नगरिएको जनाएको हो । साथै, आयोगले माग भएबमोजिमको कागजात माघ २५ गते कार्यालय समयभित्र पेश नगरेमा दरखास्त फारम अस्वीकृत हुने स्पष्ट पारेको हो ।