२०७६ कार्त्तिक २९ गते

नक्कली परीक्षार्थी पक्राउ


सर्लाही । दिदीको सट्टा माध्यमिक शिक्षा परीक्षा दिइरहेकी बहिनीलाई शुक्रबार मूर्तिया केन्द्रबाट पक्राउ गरिएको छ ।

उमावि बरहथवाकी छात्रा रञ्जिताकुमारी पण्डितको परीक्षा उनकी बहिनी पूजा कुमारीले दिइरहेको फेला पारेपछि पक्राउ गरिएको प्रहरी निरीक्षक ललन कुर्मीले बताए ।

दिदीको प्रवेश पत्रमा आफ्नो फोटो टाँसेर पूजाले परीक्षा दिएकी थिइन् । रञ्जिता बिरामी भएकाले उनको सट्टा बहिनीले परीक्षा दिएको कुर्मीले बताए । कान्तिपुर दैनिकमा खबर छ ।

Comments: