सफल प्रधानाध्यापक बन्ने काइदा

Avatar photo

Byएजुकेशन पाटी

२४ जेष्ठ २०७७, शनिबार

विद्यालय यस्तो शिक्षण संस्था हो जहाँ सक्षम र कुशल अनुभवी प्रधानाध्यापकको नेतृत्वमा निर्विवाद र स्वच्छ शैक्षिक वातावरणमा गुणात्मक शिक्षा प्रदान गरिन्छ । तर, सबै विद्यालयमा यस्तो अवस्था छैन । यसका लागि कुशल र क्षमतावान प्रअको  नेतृत्व चाहिन्छ । फेरी कुशल प्रअ जन्मिदैनन् बन्छन् ।

त्यसो भए कुशल र सफल प्रधानाध्यापक कसरी बन्ने त ? हेर्नुहोस् सफल प्रधानाध्यापक बन्न ध्यान दिनुपर्ने केही कुराहरु । विद्यालयमा रहेर सफल प्रधानाध्यापक बन्नको लागि निम्न लिखित बुंदाहरुको ज्ञान व्यवहार प्रयोग गर्न सकेमा सफल बन्न सकिन्छ ।

१. आफ्ना विद्यालयका शिक्षक साथीहरुलाई नियमको मात्र डर नदेखाई आत्मिय र सौहादपूर्र्ण सम्वन्ध कायम गरेर उत्तरदायित्व वहन गर्न लगाउनु पर्छ ।
२. शिक्षकहरुका कमिकमजोरी औंल्याएर  भन्दा उनीहरुले गरेका असल पक्षहरुको उजागर गरि प्रशंसा सहित उनीहरुको मन जित्न प्रयत्न गर्नुपर्छ ।
३. शिक्षकहरुसँग विद्यालयको पक्षमा सामुहिक छलपल र व्यक्तिगत छलफल संवादमा जोड दिनुपर्छ ।
४. शिक्षक विद्यार्थी तथा अभिभावकहरुका मागलाई सकारात्मक रुपमा लिई कार्वान्वयनमा जोड दिनु पर्छ ।
५. विद्यार्थीहरु माझ शिक्षकहरुको बारेमा अनाआवश्यक टिकाटिप्पणी नगरि सकारात्मक धारणा राख्ने र शिक्षक केहि हो भन्ने भावनाको विकास गराउनु पर्छ ।
६. शिक्षकहरुलाई तहगत वा राजनीतिक रुपमा विभेद गर्नुहुन्न ।
७. सामाजिक क्षेत्रका हरेक मानिससँग सुमधुर सम्वन्ध राखी उनीहरुको खुलेर प्रशंसा गर्नु पर्छ ।
८. विद्यालय एउटा समुदायको पक्ष हो, तर म सबै थोक होइन सवैको सहयोग सदभावबाट विद्यालयको सर्वाङ्गीण विकास अघि वढ्न सक्छ  भन्ने सोचाइ र व्यवहार गर्नुपर्छ ।
९. शिक्षकको रुची क्षमता योग्यता क्षमताका आधारमा सहमतिमा जिम्मेवारी कार्य विभाजन गर्नुपर्छ ।
१०. विद्यालय वरपरका छिमेकी समुदायलाई मूख्य संरक्षकको रुपमा लिई सोहि अनुसारको व्यवहार गरि नजिक हुनुपर्छ ।
११. प्रभावकारी शिक्षणका लागि आधुनिक शिक्षण विधि साथै आवश्यक आई. सी. टी. को प्रयोग गर्न सक्ने क्षमताको विकास गर्न सर्वप्रथम आफै उदाहरण बनेर शिक्षकहरुलाई त्यसको प्रयोग गर्न सक्ने सीपको विकास गर्नुपर्छ ।
१२. विद्यालयको लागि आवश्यक श्रोत साधन जुटाउन र त्यसलाई उपलव्धिमूलक ढङ्गबाट प्रयोग स्पष्ट पारदर्र्शी बनाउन प्रयत्न गर्नुपर्छ ।
१३. शिक्षक विद्यार्थी समुदायले सधैँ म बाट सम्मान खोजेको हुन्छ जस्ता   मनोवैज्ञानिक ख्याल राख्नुपर्छ ।
१४. समाजमा रहेका हरेक सरकारी तथा गैरसरकारी संस्थाहरुसँग सुमधुर सम्वन्ध समन्वय राखी उनीहरुका अतिआवश्यक सुझाब सल्लाह कार्वान्वयन गर्नुपर्छ ।
१५. विद्यालयका सम्रग्र पक्षको आवश्यक नीतिगत योजना निर्माण र कार्वान्वयन पक्षमा ध्यान दिनुपर्छ ।

लामो समयसम्म प्रधानाध्यापकमा रहेर कार्य गरेको अनुभवबाट हाम्रा शिक्षक साथीहरु बिच यो अनुभवहरु पस्कने जर्मको गरिएको हो ।

गौतम सेवा निवृत्त  प्रधानाध्यापक हुन् ।

प्रतिकृया दिनुहोस्