• कलेजसँग ५० हजार घुस लिने त्रिविका सहायक डीन पटेल विरुद्ध विशेष अदालतमा मुद्दा
    (ईपाटी संवाददाता)



  • काठमाडौं । ५० हजार घुससहित पक्राउ परेका त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका  सहायक डिन प्राडा शम्भुप्रसाद पटेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।


    अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सेवाग्राहीको कलेज संचालन अनुमति रद्द हुन सक्छ भन्दै डर देखाएर ५० हजार घुस लिइसकेको अवस्थामा पटेललाई प्रहरीले पक्राउ गरेको हो ।

    अख्तियारले उनीविरुद्ध  भ्रष्टाचार निवारण ऐन,  बमोजिम  सजायको  मागदाबी गरेको छ।