२०७६ असोज ३ गते

शिक्षा मन्त्रालयले अब शिक्षा ऐन संशोधन गर्न र शिक्षा नियमावली बनाउन नपाउने


काठमाडौं । शिक्षा मन्त्रालयले अब शिक्षा ऐन संशोधन गर्न र शिक्षा नियमावली बनाउन नपाउने भएको छ ।


स्थानीय विकास मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङले शिक्षा मन्त्रालयले अब विद्यालय तहका लागि कुनैपनि ऐन, नियमावली बनाउन नपाउने बताएका हुन् ।


संविधानले विद्यालय तह सम्मका शिक्षाको सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई दिइसकेको अवस्थामा अब मन्त्रालयले विद्यालय शिक्षा सम्बन्धमा कुनैपनि कानून बनाउन नपाउने तामाङले स्पष्ट पारेका हुन् ।


‘अब शिक्षा मन्त्रालयले न शिक्षा ऐन संशोधन गर्न सक्छ नत अघिल्लो ऐन कार्यान्वयनका लागि नियमावली नै बनाउन सक्छ ।’ सहसचिव तामाङले भने–‘अब शिक्षा ऐन, नियमावली स्थानीय तह आफैले बनाउने छन् ।’


शिक्षा मन्त्रालयले अब बनाउन सक्ने ऐन भनेको माध्यमिक शिक्षा बाहेकका लागि मात्रै भएको उनले जानकारी दिए । शिक्षा मन्त्रालयले देशभर एकरुपता ल्याउनु


पर्ने अब समग्र पाठ्यक्रम, बिदा, परीक्षा प्रणाली,दरवन्दी थप, शिक्षक सेवा आयोग, शैक्षिक प्रमाणपत्र विषयमा मात्रै निर्देशन दिन र ऐन बनाउन पाउने भएपनि यसबाहेकको अधिकार स्थानीय सरकारमा गइसकेको सहसचिव तामाङले जानकारी दिनुभयो । संविधानमा तीनतहले आआफ्नो नियमावली बनाउन पाउने व्यवस्था भएकाले अब केन्द्रले छुट्टै समग्र शिक्षा ऐन र नियमावली बनाउन नपाउने सहसचिव तामाङले स्पष्ट पारे ।


 

Comments: