२०७६ भदौ ६ गते

केजरीवालले गरे मोदीको शैक्षिक प्रमाणपत्र सार्वजनिक गर्न माग

दिल्लीका मुख्यमन्त्री अरविंद केजरीवालले  केंद्रीय सूचना आयुक्त सँग  भारतिय प्रधानमत्री नरेंद्र मोदीको शैक्षिक डिग्री सम्बधीत  जानकारी सार्वजनिक गर्न माग गरेका छन् । केजरीवालले  केंद्रीय सूचना आयुक्तलाई पत्र लेख्दै त्यसलाई आफ्नो  ट्विटर अकाण्टमा पोस्ट गरेका छन् ।


“मलाई  जानकारी आएको छ कि तपाईले प्रधानमंत्री श्री नरेंद्र मोदी जी को डिग्रीसँग सम्बन्धीत  जानकारी सार्वजनिक गर्नमा  रोक लगाउनुभएको छ ।  प्रधानमन्त्री मोदीले कुनैपनि  डिग्री  नलिएको आरोप लागिरहेकाछन् ।  त्यसैले  पुरा देशले सत्यतथ्य जान्न चाहन्छ “ पत्रमा केजरीवालले  लेखेकाछन्  ।

मोदीले २०१४ मा  लोकसभा चुनावको बेला  वाराणसीमा उम्मेदवार  शैक्षिक योग्यता पेश गर्दा  उनले सन् १९८३ गुजरात यूनिभर्सिटी अहमदाबाद ’मास्टर अफ आर्ट्स’ को डिग्री  लिएको उल्लेख गरेका थिए ।  उनले त्यस भन्दा पहिले उनले १९७८ मा दिल्ली यूनभर्सिटीबाट ब्याचलर अफ आर्ट्सको डिग्री हासिल गरेका उल्लेख गरेका थिए ।

केजरीवालले केन्द्रीय सूचना आयुक्तसँग प्रश्न गरेका छन् “ तपाईले मोदी जीको  डिग्रीसँग सम्बन्धीत जानकारी सार्वजनिक गर्न किन रोक मनाई गर्नुभएको छ । यसो किन गर्नुभयो, यो गलत हो “ सुचना आयोगको निष्पक्षतामाथि जनताको मनमा शंका बढाएको केजरीवालले पत्रमा  उल्लेख गरेका छन् ।

केजरीवालले दिल्ली विश्वविद्यालयलाई पनि पत्र लेखेर  प्रधानमन्त्री नरेंद्र मोदीको बीए पासको डिग्री सार्वजनिक गरी वेवसाइटमा राख्न माग गरेका छन् । केजरीवालले आफ्नो ट्वीट भनेका छन् कि उनले विश्वविद्यालय कुलपतिलाई पत्र लेखेर  मोदीको बीए पासको डिग्री सार्वजनिक गर्न माग गरेका छन् । .

पत्रमा केजरीवालले यो गम्भिर विषय भएको समेत जिकिर गरेका छन् । केजरीवालले पत्रमा लेखेका छन् कि  गुजरात विश्वविद्यालयको अनुसार  मोदीले एमए की डिग्री लिएका छन्  तर प्रश्न उठ्छ उनले बिए नै पास नगरी एमएमा कसरी भर्ना भए ।  यस्तो अवस्थामा एमए को डिग्री पनि नक्कली हुन सक्छ त्यसैले उनको  डिग्रीसँग सम्बन्धीत  सवै दस्तावेज तुरुन्त वेबसाइटमा राख्न पर्छ ।

गुजरात विश्वविद्यालय भर्खरै भनेको छ कि मोदीले एमए की डिग्री त्यसै विश्वविद्यालयबाट लिएका छन् । –एजेन्सीहरुको सहयोगमा

Comments: