२०७६ मंसिर ६ गते

नवीन औद्योगिक कदरबहादुर रीता माविका १६ जनाले ल्याए ३.६० देखि ४.० जीपीए

ईपाटी संवाददाता


रुपन्देही । बुटवल देवीनगर स्थित नवीन औद्योगिक कदरबहादुर रीता माविले  माध्यमिक शिक्षा परीक्षा एसइइमा  उत्कृष्ट नतिजा हासिल गरेको छ ।


विद्यालयबाट एसइइ परीक्षामा सहभागी १६० विद्यार्थी मध्ये १६ जनाले ३.६० देखि ४.० जीपीए, ४१ जनाले नै ३.२५ देखि ३.६० जीपीए प्राप्त गरेका छन् ।


यसैगरी, ४८ जनाले २.८५ देखि ३.२० र ४४ जनाले २.४५ देखि २.८० जीपीए प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार २.० देखि २.४ जीपीए ल्याउने विद्यार्थीको संख्या जम्मा ११ रहेको छ ।

प्रअ बस्नेतका अनुसार दुईजना विद्यार्थीले ३.७५ र ३.८४ जीपीए प्राप्त गरेका छन् । विद्यालयका रोहन नेपालले ३.७५ र विवेकसिंह कश्यपले ३.८४ जीपीए ल्याउन सफल भएका बस्नेतले जानकारी दिए ।

Comments: