२०७६ भदौ ६ गते

आजदेखि दुईदिने भारतीय शैक्षिक मेला हुँदै


काठमाडौं ।आजदेखि भारतीय शैक्षिक मेला शुरु हुने भएको छ । भारतीय उच्च शिक्षा र शिक्षालय बारे जानकारी दिने उद्देश्यले  दरवारमार्ग स्थित होटल अन्नपूर्णमा आयोजना हुने मेला दुईदिनसम्म चल्ने छ । नि:शुल्क प्रवेशको व्यवस्था गरिएको मेलामा विद्यार्थी, अभिभावकसँगै शिक्षक र शैक्षिक सरोकारवालाहरुले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ ।


द हिन्दू गु्रप भारतको प्रमुख आयोजना तथा द नलेज नेटवर्कको सहकार्यमा हुनलागेको  ईण्डिया एजुकेशन फेयर २०१८ मा विद्यार्थीहरुलाई विश्वस्तरका भारतिय शैक्षिकसंस्थाहरुका र त्यसमा सञ्चालित विभिन्न शैक्षिक कार्याक्रमहरुका बारेमा जानकारी गराइने छ ।


वर्षेनी हजारौको संख्यामा नेपाली विद्यार्थीह्रु अध्ययनका लागि भारतका विभिन्न विश्वविद्यालय तथा शिक्षण संस्थाहरुमा जाने गरेका छन् । तर, यसरी नबुझेर भारत अध्ययनमा जाँदा विद्यार्थीह्रुले विभिन्न समस्या झेल्नु पर्ने तितो यर्थाथलाई मध्यनजर गर्दै द हिन्दू गु्रपले सम्वन्धित विश्वविद्यालय तथा कलेजका प्रतिनिधि तथा प्रिन्सीपल, डाईरेक्टरहरुसँग प्रत्यक्ष भेटेर आम अभिभावकले लाभ लिन सकुन् भन्ने उद्धेश्यकासाथ मेला आयोजना गरीएको आयोजकले जनाएको छ । मेलामै विभिन्न कलेजहरुमा अग्रीम भर्नाको व्यवस्था गरिएको छ भने भर्ना हुनसाथ एउटा ल्यापटप साथै अन्य विभिन्न सेवा सुविधा समेत उपलब्ध गराइने जनाइएको छ ।


नेपाली विद्यार्थीहरुलाई छिमेकी राष्ट्र भारतका विश्वविद्यालयहरुको अध्ययन अध्यापन, छात्रवृतीलगायतका कुराहरुलाई समेट्न र त्यहाँका प्रतिनिधिहरुसँग सिधै सम्पर्क गर्न तथा परामर्श लिनका लागि पनि यो शैक्षिक मेला निकै लाभदायक हुने आयोजक संस्था द नलेज ग्रुपका प्रबन्ध निर्देशक तथा सिईओ विकास त्रिवेदीले जानकारी दिए ।


भारतका ख्यातिप्राप्त सरकारी तथा निजी विश्वविद्यालय र शिक्षणसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहने शैक्षिक मेलामा नेपाली विद्यार्थीह्रुले मेडीकल, ईन्जिनियरीङ्ग,आईटी, बिजनेश स्टडीज, ह्यूम्यानिटीज, आर्ट एण्ड डिजाईन, ल,जर्नालिज्म, एग्रिकल्चर र पारामेडीकल लगायतका ४० भन्दा बढी कोर्ष र बिषयहरुका बारेमा एकै थलोमा जानकारी लिन पाउने द हिन्दू ग्रुपका एजुकेशन सेल्स हेड एस सुदर्शनले बताए ।


शैक्षिक मेलामा यूजी र पिजीका कोर्षहरु, छात्रवृत्ती तथा विेशेष डकुमेन्ट तयार पार्न नेपाली विद्यार्थीलाई सघाईने, भारतभर प्रख्यात टप १० विश्वविद्यालयहरुको सहभागिता र विद्यार्थीहरुलाई विशेष करीअर काउन्सिलिङ्ग यस मेलाका मुख्य आर्कषण रहेको डब्लुआरसी नेपालका प्रबन्ध निर्देशक सुदिप नायकले बताए ।


करीअर एण्ड नलेज नारा सहित आयोजना हुन गईरहेको यस ईण्डिया एजुकेशन फेयर २०१८ को संयोजनकारी भूमिकामा वाईड रेञ्ज कन्सल्टेन्सी, कृष्णा कन्सल्टेन्सी, थिम र एमसिएफ रहेका छन् ।

Comments: