• मावितहको नतिजा प्रकाशन शुरु, हेर्नुहोस्, अर्थशास्त्र, लेखा र स्वा. जनसंख्या विषयको नतिजा
    (ईपाटी संवाददाता)


  • भक्तपुर । शिक्षक सेवा आयोगले शुक्रवारदेखि  अस्थायी शिक्षकको माध्यमिक तहको नतिजा प्रकाशन गर्न शुरु गरेको छ । सोमवार देखि निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गर्दै आएको आयोगले शुक्रवादेखि मावि तहको नतिजा प्रकाशन थालेको हो ।


    आयोगले शुक्रवार माध्यमिकतहको सवै क्षेत्रको अर्थशास्त्र, लेखा र स्वा. जनसंख्या विषयको नतिजा सार्वजनिक गरेको छ ।


    अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराउन असार २९ र ३० गते परीक्षा लिइएको थियो । परीक्षामा अस्थायी दरबन्दी कायम रहेको २२ हजार ७९ पदका लागि अस्थायी शिक्षकबीच प्रतिस्पर्धा भएको थियो ।  शिक्षकका फरकफरक समूहले फरकफरक माग राख्दै आन्दोलन गरेकाले आयोगले पाँचौ पटकको प्रयासमा अस्थायी शिक्षकका लागि परीक्षा लिन सफलता पाएको थियो ।

    यसबाहेक आयोगले खुला प्रतिस्पर्धाबाट १२ हजार ७ सय ३९ दरबन्दीमा शिक्षक नियुक्त गर्न असोज ११, १२ र १३ गते परीक्षा सञ्चालन गरेको थियो ।