२०७६ कार्त्तिक २६ गते

किन रमाए मानसरोवर माविका विद्यार्थी ?

राजन रावत/हुम्ला


                   
सामुदायिक विकास कार्यक्रमले नयाँ भवन बनाइदिएपछि मानसरोवर माविका विद्यार्थीहरु रमाउँदै विद्यालय आउन थालेका छन् । कार्यक्रमले विद्यालयका तीन कोठे भवन निर्माण गरिदिएको हो ।

तीन कोठे भवन गत शुुक्रवारदेखि सञ्चालनमा आएको हो । जसमा कक्षा ६ र ७ का विद्यार्थीको  पठन पाठन सुरु गरिएका विद्यालयका प्रधानाध्यापक अम्मर वहादुर शाहीले बताए ।

 नयाँ भवन निर्माण भई सञ्चालनमा आए पछि पढाइमा निक्कै सहयोग पुगेको प्रअ शाहीले बताए ।  हाल भएका कक्षा कोठावाट विद्यार्थीलाई पठन–पाठन गर्न कठिन भएको अवस्थामा भवन निर्माण पछि सहज भएको हो ।

 केही समय अगाडी सम्पन्न हुनु पर्ने विद्यालय भवन उपभोक्ता कै कारण निर्माण कार्य ढिलो भएको थियो ।  भवन निर्माण गर्न कुल २२ लाख लगानी भएको आर्थिक सहयोग गर्ने सामुदायिक विकास कार्यक्रममा जिल्ला संयोजक राज वहादुर रोकायाले बताए ।

Comments: