२०७६ मंसिर ४ गते

फेसबुकबाट प्रश्नपत्र बाहिरियो : चिट चोर्ने ४४ विद्यार्थीको परीक्षा रद्ध



महोत्तरी । चैत्र ३ गतेदेखि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षामा चिट चोरी गरेको र परीक्षाको अचारसंहिता विपरित परीक्षा हलमा मोबाइल ल्याएको भन्दै बिहीबार महोत्तरीको विभिन्न परीक्षा केन्द्रबाट ४४ परिक्षार्थी निष्कासित भएका छन् । निष्कासनमा परेका विद्यार्थीको अंग्रेजी बिषयको परिक्षा पनि रद्द भएको छ।

परीक्षा हलमा परिक्षार्थीले लुकाएर लगेको मोबाइलले प्रश्न पत्रको तस्बिर खिँचेर परीक्षा केन्द्र बाहिर रहेका आफ्ना सहयोगीको फेसबुक म्यासेजमा पठाउने र प्रश्नको उत्तर म्यासेज बक्समै पठाउने गरेको समेत भेटिएको एक परीक्षा निरीक्षकले जानकारी दिए।


प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले दिएको निर्देशन विपरितका अनैतिक कार्य गर्ने दुर्गा मावि मनरा, मुन्सीफ मावि साँढा, जनता मावि कोल्हुवा वगेया र मावि बखरीभाट केन्द्रका विद्यार्थीको परीक्षा रद्ध गरिएको छ।

दुर्गा मावि मनरा केन्द्रका निरीक्षक नागेन्द्र ओझाले विद्यार्थीको मोबाइल आफूसँग राखेकोमा उनलाई केन्द्रबाट परिचयपत्र थुत्दै उनलाई पनि निरीक्षकबाट हटाइएको छ । मनरा परीक्षा केन्द्रबाट पाँच छात्रा र एक छात्र, मावि साँढाबाट सातजना छात्रा र चार छात्र, जनता मावि कोल्हुवा वगेयाबाट सातजना छात्रा र एक छात्र तथा मावि बखरीभाटबाट चौधजना छात्रा र पाँच छात्र गरी ४४ जना परीक्षार्थीलाई चिट चोरेको तथा परीक्षा हलभित्र मोबाईल ल्याएको भन्दै निष्कासित गरी अंग्रेजी बिषयको परीक्षा रद्द गरिएको छ। अन्नपुर्णपोष्टमा राजकरण महतोले खबर लेखेका छन् ।

Comments: