२०७६ चैत्र २२ गते

महाबौद्ध माविमा कक्षा ११ को पढाइ शुरु

राजन रावत/हुम्ला




चीनसँग सिमाना जोडिएको नाम्खा गाउँपालिकाको एक मात्र मावि महाबौद्ध माविमा कक्षा ११ को पठन–पाठन शुुरु भएको छ ।


गत वर्षबाटै कक्षा सञ्चालनको अनुमति लिएको भए पनि सो विद्यालयले विद्यार्थी भर्ना नभए पछि पठन–पाठन शुरु गर्न सकेको थिएन ।


यसपाली माध्यामिक शिक्षाको परीक्षा (एसइइ) को परिणाम आएपछि विद्यालयमा कक्षा ११ मा अध्ययनका लागि विद्यार्थी भर्ना हुँदा पठन–पाठन शुुरु भएको नाम्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बम बहादर नेपालीले बताए ।


 हाललाई मानविकी तथा सामाजिक शास्त्र संकायको पठन–पाठन शुरु गरिएको र विद्यालयमा पठन–पाठन अगाडी बढाउन गाउँपालिकाबाट  १५ लाख वजेट यस आर्थिक बर्षमा बिनियोजन गरिएको उनले जानकारी दिए ।


अब बिस्तारै क्रमशः अन्य विषयको पनि पठन–पाठन शुरु गरिने विद्यालयले जनाएको छ । महाबौद्धमा कक्षा ११ को पठन–पाठन शुरु भएसँगै विद्यार्थीलाई पालिका बाहिर अध्ययन गनस् जानुपर्ने बाध्यता हटेको छ । यस अघि उक्त विद्यालयबाट एसइइ परीक्षा उत्तीर्ण विद्यार्थीहरुले सिमकोट वा जिल्ला बाहिर अध्ययन गर्न जानुपर्ने बाध्यता थियो ।
            

Comments: