• ११ सय बढी नायबसुब्बाका लागि विज्ञापन खुल्यो
    ()

  • काठमाडौं । लोकसेवा आयोगले निजामती सेवाका विभिन्न समूहमा १ हजार १ सय १२ जना नायब सुब्बाका लागि दरखास्त आव्हान गरेको छ । आयोगले माघ १८ गतेसम्मको म्याद दिएर दरखास्त आव्हान गरेको हो ।


    १ सय १२ जना मध्ये ४ सय ५८ जना खुला प्रतिस्पर्धाबाट र बाँकी भने निजामति सेवाको आन्तरिक प्रतिस्पर्धाबाट छानिने आयोगले जनाएको छ ।
    मध्यमाञ्चल क्षेत्रका लागि १ सय ९८, पूर्वाञ्चलका लागि ९१, पश्चिमाञ्चलका लागि ६९, मध्यपश्चिमाञ्चल क्षेत्रीय ५७, सुदूरपश्चिमाञ्चलका लागि ४३ पदमा खुला प्रतिस्पर्धा हुने आयोगले जनाएको छ ।


    यसमा आन्तरिक र खुला दुबै गरी प्रशासन सेवाअन्तर्गत आठ सय ९१ जना माग गरिएको छ । जसमा प्रशासन सेवाअन्तर्गत रहेको सामान्य प्रशासन समूहका लागि ५ सय ९२, लेखा समूहका लागि २ सय २२ र राजस्व समूहका लागि ७७ जना नासु पदमा नियुक्त हुनेछन् । अन्य समूहहरुमा पनि नासुका लागि दरखास्त खुलेको छ ।

    नायव सुब्बा दरखास्त दिन न्यूनतम शैक्षिक योग्यता प्रविणता उत्तीर्ण वा सोसरहको नेपाली नागरिक हुनुपर्ने साथै, खुला तथा आन्तरिकतर्फ प्रथम चरणको परीक्षा फागुनमा हुने जनाइएको छ । दोस्रो चरणको परीक्षा वैशाखमा हुने आयोगले जनाएको छ ।

    1