२०७६ असोज १ गते

वातावरण जोगाउन विद्यालयस्तरीय ‘लोकदोहोरी’

राजन रावत/हुम्ला



सिमकोट गाउँपालिका वडा नम्बर ३ को रलिङ्ग माविको आयोजनामा माविस्तरीय लोक दोहोरी प्रतियोगिता सम्पन्न भएको छ । वन तथा वातावरण संरक्षणमा कमी आएको भन्दै विद्यालयस्तरबाटै जनचेतना फैलाउनका लागि सो प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ ।


विद्यालयमा माविस्तरमा अध्ययनरत विद्यार्थीहरुको सहभागी रहेको लोकदोहोरी प्रतियोगितामा मानसरोवर मावि प्रथम, आयोजक रलिङ्ग मावि द्धितीय र मान्धारा मावि तीतृय भएको मानसरोवर माविका शिक्षक शिवशर्मा पौडेलले जानकारी दिए ।


सिमकोटबाट दुई घण्टा पैदल हिडेर रलिङ्ग माबि बरगाँउमा प्रतियोगी टिमहरुले सहभागीता जनाएको पौडेलले बताए ।


विजेता टिमलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको प्रतियोगितामा बालमन्दिर मावि सिमकोट, सिता माबि खार्पूनाथ र रामदेब मावि ठेहेको पनि सहभागिता रहेको थियो । यसरी विद्यालय स्तरमा हुम्लामा दोस्रो पटक लोकदोहोरी प्रतियोगिता सञ्चालन भएको हो ।

Comments: