२०७६ भदौ ३० गते

विद्यार्थी कुटेको आरोपमा शिक्षक पक्राउ

ईपाटी संवाददाता

पोखरा । गृहकार्य नगरेको आरोपमा  विद्यार्थीलाई कुटपिट गर्ने पोखराका एक शिक्षक आज पक्राउ परेका छन् ।

विद्यार्थीलाई कुटपिट गरेको आरोपमा पोखरा–२५ स्थित हेम्जा आवासीय विद्यालयका शिक्षक श्रीराम त्रिपाठीलाई पक्राउ गरिएको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सो विद्यालयमा अध्ययनरत १४ वर्षीय एक विद्यार्थीलाई यही साउन ५ गते कक्षा कोठाभित्रै कुटपिट गरेर घाइते बनाएको आरोपलमा अभिभावकको जाहेरी परेपछि ती शिक्षकलाई  पक्राउ गरिएको हो। घाइते विद्यार्थीे पोखरास्थित अस्पतालमा उपचार घर  घर फर्किसकेको  बताइएको छ।

Comments: