२०७६ फागुन १० गते

शिक्षकले जान्नै पर्ने बालबालिकाका सिकाइसँग सम्बन्धीत यि १० खास कुराहरु

इपाटी संवाददाता


बालबालिका विद्यालयमा आउँदा जुन अनुभवका साथ आउँछन्, जे कुरा जानेर आएका हुन्छन् त्यसलाई नै सिकाइ प्रक्रियाको आधार बनाउनु महत्वपूर्ण हुन्छ । यसका लागि पहिले यो कुरा जान्न आवश्यक हुन्छन् कि प्राथमिक तहमा बालबालिका कसरी सिक्ने गर्छन ? यहाँ हामी केही महत्वपूर्ण कुराहरु राख्न गइरहेका छौं ।


१.  सबै बालबालिका सिक्न सक्छन् । तर हरेक बालबालिकाका सिक्ने तरिका र गति भिन्न भिन्न हुने गर्छ । यस कुरालाई ध्यानमा राख्न एकदमै आवश्यक छ ।


२. बालबालिकाहरु एक आपसमा कुराकानी गरेर साथै, कुनै काम गर्दा–गर्दै धेरै राम्रो ढंगले सिक्ने गर्छन । यस दृष्टिले हेर्दा उनीहरुलाई कुनै खेलमा सहभागी गराउँदै सिकाउँदा उनीहरुको सिक्ने प्रक्रियालाई सहज र सरल बनाउन सकिन्छ ।


३.सिकाइ एउटा निरन्तर चल्ने प्रक्रिया हो । सिक्ने प्रक्रिया विद्यालयको चारपर्खालमा सीमित हुँदैन । बालबालिका घरमा र आफ्ना वरीपरीको वातावरणबाट पनि सिकिरहेका हुन्छ ।


४. बालबालिकाहरु आफ्नो ज्ञानको निर्माण स्वयं आफलै गर्ने गर्छन । यानकी उनीहरु आफ्नो अवलोकन, अनुभव, खेल, खोजवीन, कुनै गतिविधि या काममा तल्लीनताका दलौरान पनि सिकिरहेका हुन्छन् ।


५. बालबालिकाका सिकाइ प्रक्रिया सिधा रेखामा चल्दैन । यानकी यसमा उनीहरुले त्यस्ता अवधारणाहरु प्नि दोस्रो पटक सिकिरहेका हुन्छन् जुन उनीहरुले पहिल्यै जानीसकेका हुन्छन् ।


६. सिक्ने तथा  गर्ने दुवै गहिरो रुपमा अन्तर्सम्बन्धीत रहेका हुन्छन् । जस्तो कि हामी बालबालिकालाई जति  आफै गर्ने मौका दिन्छौं, उनीहरुको सिक्ने प्रक्रियापनि उती नै अब्बल बन्दै जान्छ ।


७. सिकाइ ‘समग्रता’ मात्रै सम्भव हुन्छ । जस्तो कि अलग–अलग विषय तथा अवधारणाहरु एकआपसमा जोडिएको हुन्छन् ।


८. प्रामिक तहमा बालबालिका एकआपसमा अन्तक्र्रिया(खेल्दै, कुद्दै, हास्दै, गाउँदै) गर्दै एकदमै राम्रोसँग सिक्छन् ।


९. सिकाइको दौरान बालबालिकाहरु गल्तिहरु पनि गर्ने गर्छन् । गल्तिहरु सिकाइ प्रक्रियाका स्वाभाविक हिस्सा नै हुन् । त्यसैले यसलाई लिएर बालबालिकाहरुसँग सहजताका साथ  प्रस्तुत हुनु आवश्यक छ ।


१०. बालबालिका आफूभन्दा ठूलासँग पनि सिक्छन् । ठूलासँग सिकाइको प्रक्रियालाई सुगम बनाउने आधार हो दुबैका बीचको सम्बन्ध । बालबालिका तीनै शिक्षकहरुका विषयसँग विशेष दिलचस्पी राख्ने गर्छन साथै छिटो सिक्छन् जसको बच्चासँग सम्बन्ध राम्रो हुन्छ । जसले बालबालिकालाई ध्यान दिएर सुन्छन् । उनीहरुका सवाल बुझ्छन् । उनीहरुको जिज्ञासाका समाधान गर्छन् साथै  उनीहरुलाई प्रश्न गर्न प्रोत्साहित गर्छन ।


एजेन्सीहरुको सहयोगमा

Comments: