२०७६ भदौ १ गते

प्रावितहको काठमाडौंको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

ईपाटी संवाददाता/काठमाडौं


भक्तपुर । शिक्षक सेवा आयोगले आइतवार प्राथमिक तहको काठमाडौं जिल्लाको नतिजा सार्वजनिक गरेको छ । योसँगै आयोगले लिएको अस्थायी शिक्षकको लिखित परीक्षाको सबै नतिजा सार्वजनिक भएको छ ।


यो सँगै आयोगले गत असारमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्ने क्रम १ महिना १२ दिनमा सकिएको छ । आयोगले गत मंसिर १० गतेबाट लिखितको नतिजा सार्वजनिक गर्न शुरु गरेको थियो ।


केही जिल्लामा अन्तर्वार्ता शुरु भइसकेको भएपनि आयोगले काठमाडौं जिल्लाको नतिजा सार्वजनिक गरेको थिएन् । अब काठमाडौं जिल्लाको नतिजा सार्वजनिक भएसँगै अन्तर्वार्ताको काम मात्रै बाँकी रहेको छ । प्राय क्षेत्रमा निमावि र मावि तहको अन्तर्वार्ता समेत सकिएको आयोगले जनाएको छ ।


यदि नतिजामा चित्त नबुझेमा यही पौष २८ गते सम्म पुनर्योगको फारम भर्न सक्ने आयोगले जनाएको छ ।  उनीहरुको अन्र्तवार्ता भने माघ २ र ३ गतेका लागि तय गरिएको छ ।

 

Comments: