२०७६ माघ ९ गते

अखिल क्रान्तिकारीको अध्यक्षमा तामाङ विजयी, शर्मा २३ मतले पराजित


काठमाडौं । अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षमा रञ्जित तामाङ विजयी भएका छन् । संगठनकै इतिहासमा पहिलोपटक भएको निर्वाचनमा तामाङले अर्का अध्यक्षका प्रत्यासी अनिल शर्मालाई २३ मत अन्तरले पराजित गरेका हुन् । तामाङले ८४५ र शर्माले ८२२ मत पाएका छन् ।


संगठनको एकताको २१ औं राष्ट्रिय सम्मेलनबाट खुलातर्फका उपाध्यक्षहरुमा सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, दिपक देवकोटा र विजय गौतम विजयी भएका छन् । यसैगरी महिला उपाध्यक्षमा पञ्चा सिंह, जनजाति उपाध्यक्षमा दिपेश पुन र मधेशी उपाध्यक्षमा रविकिरण यादव विजयी भएका छन् ।


शक्तिशाली मानिने महासचिवमा खेमबहादुर सिंहलाई पछि पार्दै उत्तम अधिकारी निर्वाचित भएका छन् । उपमहासचिव जीपी मैनाली, तुकमान महरा, मिलन महतरा र आशा तमु निर्वाचित भएका छन् भने कोषाध्यक्षमा केशव रावल विजयी भएका छन् ।


खुला सचिवमा डीबी साउद र नरेश रेग्मी तथा महिला सचिवमा गंगा दाहाल र दलित सचिवमा इन्द्र भुसाल विजयी भएका छन् । विभिन्न क्लष्टरहरुबाट अखिल क्रान्तिकारीका १६ जना सचिव चुनिएका छन् ।


माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयन गरेसँगै यही भदौ ७ गतेदेखि सुरु भएको सम्मेलन सकिएको छ । अखिल क्रान्तिकारीले ३३ सदस्यीय पदाधिकारीसहित २ सय ४३ सदस्यीय केन्द्रीय समिति चयन गर्दैछ।

Comments: