२०७६ कार्त्तिक २७ गते

त्रिवि उपकुलपतिमा बाँस्कोटा नियुक्त मेडिकल काउन्सिलमा कोइराला

अन्तैबाट

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको १९ औं उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटा र नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला नियुक्त भएका छन् । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले आइतबार त्रिविको उपकुलपतिमा बाँस्कोटालाई नियुक्त गरेका हुन् ।


‘बाँस्कोटालाई उपकुलपति नियुक्त गर्ने निर्णय भयो,’ प्रधानमन्त्रीसचिवालय स्रोतले भन्यो, ‘उनले सोमबार पदबहाली गर्ने छन् ।’ मेडिकल काउन्सिलका पूर्वअध्यक्ष बाँस्कोटा नाक, कान, घाँटीका विशेषज्ञ हुन् । उनी राष्ट्रपति विद्यादेवी भण्डारीका निजीचिकित्सकसमेत हुन् ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बनेको सिफारिस समितिले बाँस्कोटाको नाम दुई नम्बरमा प्रस्ताव गरेको थियो । एक नम्बरमा सिफारिस गरिएका डा. कोइरालालाईकाउन्सिलको अध्यक्ष नियुक्त गरिएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले मुटु शल्यक्रिया विशेषज्ञ कोइरालालाई अध्यक्ष नियुक्त गरेलगत्तै प्रधानमन्त्री ओलीले बाँस्कोटालाईउपकुलपति नियुक्त गरेका हुन् ।

समितिले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको नामसमेत उपकुलपतिका लागि तेस्रो नम्बरमा सिफारिस गरेको थियो । सिफारिस समितिले ३ जनाको नाम प्रस्ताव गर्ने रतीमध्ये एक जनालाई प्रधानमन्त्री एवं कुलपतिले उपकुलपति नियुक्ति गर्ने व्यवस्था त्रिवि ऐनमा छ ।

प्रधानमन्त्री ओलीले नाम सिफारिस हुनुअघि नै आफू र राष्ट्रपतिनिकट बाँस्कोटालाई उपकुलपति नियुक्त गर्ने तयारी गरेको चर्चा थियो । उनलाई उपकुलपति बनाउन कोइरालालाईकाउन्सिल अध्यक्षमा लगिएको जानकारहरू दाबी गर्छन् । शिक्षामन्त्री पोखरेलले कोइरालासँग परामर्श गरेरै उपकुलपतिका लागि सिफारिस गरेको उनको सचिवालयले जनाउँदै आएको छ ।

बाँस्कोटा र कोइराला दुवैलाई चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बन्नसमेत आग्रह गरिएको थियो तर दुवैले सिफारिस समितिमा दरखास्त दिएनन् । बाँस्कोटाले अवकाश पाएपछिकाउन्सिल जेठदेखि अध्यक्षविहीन थियो । उनको कार्यकालमा मेडिकल काउन्सिल सुधारोन्मुख दिशातर्फ अघि बढेको पदाधिकारीहरू दाबी गर्छन् । आयोग गठनपछि काउन्सिलको भूमिकाभने खुम्चिएको छ । मेडिकल कलेजहरूको नियमनको जिम्मेवारी आयोगलाई दिइएको छ । काउन्सिलमा रजिस्ट्रारसहित ६ सदस्यको पदसमेत रिक्त छ । त्रिवि उपकुलपति र मेडिकलकाउन्सिल अध्यक्ष दुवैको कार्यकाल ४ वर्ष हुन्छ ।

शिक्षामन्त्रीको अध्यक्षतामा गत साउन १८ गते उपकुलपतिको नाम सिफारिस गर्न समिति गठन भएको थियो । समितिमा व्यवस्थापन संकायका डिन डिल्लीराम शर्मा र मेची क्याम्पसझापाका प्रमुख कमलप्रसाद गुरागाईं सदस्य थिए । समितिले असोज १७ गते ३ जनाको नाम कुलपतिसमक्ष सिफारिस गरेको थियो । पूर्वउपकुलपति तीर्थराज खनियाँले कार्यकाल पूरागरेर भदौमा अवकाश पाएपछि रेक्टर सुधा त्रिपाठीलाई कार्यवाहक जिम्मेवारी दिएर नयाँ उपकुलपतिको खोजी सुरु भएको थियो । त्रिविमा रेक्टर, रजिस्ट्रारलगायत पदाधिकारीको समेतयसै वर्ष पदावधि सकिँदै छ ।

संस्कृत, कृषि तथा वन विज्ञान, पूर्वाञ्चल, पोखरा, मध्यपश्चिम र सुदूरपश्चिमसहित ६ विश्वविद्यालय पनि उपकुलपतिविहीन छन् । यी विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागिसिफारिस समिति गठन गरिएका छन् । समितिको आग्रहमा शिक्षा मन्त्रालयले गरेको सार्वजनिक अपिलमा उपकुलपति बन्न इच्छुक ७० जनाभन्दा बढीले आवेदन दिएका छन् । आवेदन रुजु गरेर रोस्टर तयार पार्ने काम भइरहेको शिक्षा मन्त्रालयका सहसचिव रामशरण सापकोटाले जानकारी दिए । सिफारिस समितिले रोस्टरबाट उपकुलपतिको नाम सिफारिस गर्नेछ ।


सुदीप कैनीले कान्तिपुरमा खबर लेखेका छन् ।

Comments: