• संशोधित शिक्षा ऐन अनुरुप विद्यालय तथा शिक्षक व्यवस्थापनको आवश्यकता
    ()

  •  डि.एन. (केशव)पौडेल


    नेपालमा बदलिएको राजनैतिक अबस्था तथा नयाँ संविधानको मर्म अनुरुप विद्यालय तहको शिक्षा र शिक्षकहरुको उचित व्यबस्थापनको लागि शिक्षा ऐन र नियमावलीमा संशोधन गर्नुपर्ने अपरीहार्य आवश्यकतालाई महसुस गरी शिक्षा ऐनमा संशोधन गरीसकिएको  तथा सोही अनुसार शिक्षा नियमावली समेत संशोधन गर्ने  प्रकृयामा रहेको छ । हालै संसोधित शिक्षा ऐनले उमावि. तहलाई समेत विद्यालय तहमा समाबेश गर्ने र अस्थायी शिक्षकको समस्या समाधान गर्ने प्रयास गरेको देखिन्छ । तर, प्राविधिक शिक्षालाई पूर्णरुपमा विद्यालय शिक्षामा समायोजन नगर्नु र अस्थायी , राहत शिक्षकको समस्या पूर्णरुपमा समाधान  गर्न नसक्नु आदि कमजोरी समेत रहेको देखिन्छ ।  यस्ता केही कमीकमजोरी रहेको भएतापनि संशोधित शिक्षा ऐनको मर्म अनुरुप शिक्षा नियमावलीमा संशोधन गरेर विद्यालय र शिक्षकको तहगत पुनः संरचना गरी समायोजन र उचित व्यवस्थापन गर्नु आजको अपरीहार्य आवश्यकता हो । शिक्षा नियमावली संशोधनको क्रममा समेत धेरै कुरा मिलाइ उचित व्यवस्थापन गरी कार्यान्वयन गर्न सकिने भएकोले  यसै सन्दर्भमा केन्द्रित रहेर केही सुझाव राख्ने प्रयास गरेको छु ।


    सुधारका विषय र क्षेत्र (कसरी व्यवस्थापन गर्ने ?)


     १.विद्यालयलाई आधारभूत विद्यालय , साधारण माध्यमिक विद्यालय र प्राविधिक माध्यमिक विद्यालय गरी ३  किसिमको नामाकरण कायम गर्नु उचित हुने ।


          २. प्रभावकारी र स्तरीय शिक्षा प्रदान गर्नको लागि बालशिक्षा देखि कक्षा ८ सम्मको लागि आधारभूत विद्यालय अलग्गै तथा साधारण माध्यमिक विद्यालय कक्षा ९ देखि कक्षा १२ सम्मको लागि अलग्गै  र प्राविधिक माध्यमिक विद्यालय कक्षा ९ देखि कक्षा १२ सम्मको लागि अलग्गै  विद्यालयको व्यवस्था गरीनुपर्ने ।


         ३. स्थानीय ठाउँ विशेषको आवश्यक्ता र औचित्य हेरी विद्यार्थीको चाँप र दुरी समेत विचार गरी सबै विद्यालयको पुनः संरचना र स्थान निर्धारण गरी भौतिक संरचना र विद्यालय रहेको स्थानको क्षेत्रफल समेत विचार गरी विद्यालयको स्तर (तह) निर्धारणका साथै शिक्षक , कर्मचारीको दरबन्दी पुनःनिर्धारण गर्नुपर्ने ।        

     ४. कुनै शिक्षकको सरुवा हुँदा विद्यालयबाट दरबन्दीसहित सरुवा भै जाने परीपाटी हुन नहुने र दरबन्दी निर्धारण सम्बन्धमा प्रत्येक ५–५ वर्षमा पुनर्विचार गरी पुनः निर्धारण गर्ने व्यवस्था गरीनुपर्ने ।


    ५. विद्यालय शिक्षक सेवामा पनि स्वास्थ्य सेवाको जस्तै तहगत प्रक्रिया अनुरुप शिक्षकको  दरबन्दी  कायम गर्नु उचित हुने । आधारभूत तहको शिक्षकलाई तह ५ देखि तह ८ सम्म ४ वटा तह र माध्यमिक तहको शिक्षकलाई  तह ७ देखि तह १० सम्म ४ वटा तह कायम गरी शिक्षक बढुवा हुने व्यवस्था गरीनुपर्ने


    ६. आधारभूत विद्यालयमा कम्तीमा १ जना, २ सरह शैक्षिक योग्यता भएको तह ४ को लेखा  प्रशासन कर्मचारी र माध्यमिक विद्यालय तर्पm कम्तीमा १ जना स्नातक तह उत्तिर्ण तह ५ को लेखा प्रशासन कर्मचारीको दरबन्दी कायम गर्नुपर्ने । विद्यालयमा १ भन्दा बढी लेखा प्रशासन कर्मचारीको आवश्यक्ता हुने अवस्थामा तह ४ को १ जना  र तह ५ को १ जना कर्मचारी दरबन्दी कायम गर्ने र सहयोगी कर्मचारी    (परीचर) वार्षिक करारमा राखी कामकाज गराउने ब्यबस्था गर्ने ।    


          ७. शिक्षक बढुवाको लागि भरीने का.स.मु. फारम समेत समायानूकुल परिवर्तन गरी अझ वैज्ञानिक र पारदर्शी बनाई लगनशील र दक्ष शिक्षकलाई प्रोत्साहन हुने  किसिमको बनाउने ।      

      ८. नयाँ संविधान पूर्ण कार्यान्वयनमा आएपछि विद्यालय शिक्षा प्रदेशको क्षेत्र भित्रै सिमित रहने भएकोले कार्यरत स्थायी शिक्षकलाई एकपटकको लागि उनीहरुको माग हेरी सम्भाव्यताको आधारमा   अन्य जिल्लामा समेत सरुवा गरी दिनुपर्ने , एकपटक २ महिनाको समय दिई यस्तो अवसर उपलब्ध गराउनुपर्ने  ।


    ९.बढुवाको लागि शिक्षक दरबन्दी कायम गर्दा जिल्ला भित्रको सम्बन्धित समूह ( आधारभूत समूह , साधारण मा.वि. समूह र प्राविधिक मा.वि. समूह ) को शिक्षक दरबन्दी लाई १००% मानी तल्लो तह देखि माथिल्लो तहसम्म क्रमशः ५५% , २५ %,  १३ % र ७ % दरबन्दी कायम गरीनुपर्ने ।


    १०.हाल विभिन्न किसिमका शिक्षक दरबन्दी तथा नामाकरण कायम रहेकोले आगामी दिनमा निम्न     ३ प्रकारका शिक्षक मात्र कायम गर्ने ।


     क) आयोग पास गरी आएका स्थायी शिक्षक ,
     ख) रिक्त स्थायी दरबन्दीमा जिल्लाबाट स्विकृती लिई बढीमा १ शैक्षिक सत्रको लागि वा स्थायी पदपूर्ति भै आएपछि स्वतः हट्ने गरी नियुक्ती गर्ने   करार शिक्षक ,
    ग) विद्यालयको आवश्यक्ता अनुसार थप दरबन्दी स्विकृत भै नआएसम्मको लागि विद्यालयको आप्mनो श्रोत वा शिक्षा कार्यालयबाट समेत केही अनुदान प्राप्त गरी तलब भुक्तानी गरिने र बाल विकास तर्पm समेतको शिक्षकलाई विद्यालयको अधिकार भित्रको निजी श्रोत शिक्षक कायम गरीनुपर्ने ।


    ११. उच्च मा.वि.तर्फको दरबन्दीमा कार्यरत पुराना शिक्षकलाई एकपटक आयोगले परीक्षा लिई उत्तिर्ण ४० नम्बर र सो भन्दा बढी अँक ल्याउने लाई  मा.वि. शिक्षक तह–८  (अधिकृत द्धितीय सरह) को पदमा स्थायी गरीनुपर्ने । उपरोक्त परीक्षा दिन नचाहने शिक्षकलाई प्रचलित व्यवस्था अनुसारको रकम उपलब्ध गराई विदाई गर्ने व्यवस्था गर्ने ।


    १२.विद्यालयमा दक्ष शिक्षक व्यवस्थापनको लागि प्रा.वि. तहका एस.एल.सी. सरहको मात्र शैक्षिक योग्यता भएका शिक्षक र मा.वि. तहका स्नातक सरहको मात्र शैक्षिक योग्यता भएका शिक्षक तथा ५० वर्ष भन्दा बढी उमेर भएका शिक्षक समेतलाई स्थायी सेवा अवधिमा अस्थायी कार्य गरेको भए सो समेत जोडी १३ वर्ष सेवा अवधि पुगेको भए सेवा अवधिमा ७ वर्ष सम्मको अवधि थप गरी पेन्सन पाउने गरी अवकाश लिन पाउने व्यवस्था गर्ने ।


    १३.नयाँ शिक्षक नियुक्ति गर्दा आधारभूत तहको शिक्षकको लागि स्नातक र मा.वि. तहको शिक्षकको लागि स्नातकोत्तर शैक्षिक योग्यता तोक्ने । सेवा प्रवेशको उमेरहद आधारभूत तहको लागि ३५ वर्ष र मा.वि. तहको लागि ३८ वर्ष कायम गर्ने र अवकाश पाउने उमेर समेत सोही अनुसार आधारभूत तहको लागि ५५ वर्ष र मा.वि. तहको लागि ५८ वर्ष कायम गर्ने । पुराना एस.एल.सी. सरहको  शैक्षिक योग्यता भएका आधारभूत तहका शिक्षकलाइ कक्षा ३ सम्म र  स्नातक सरहको  शैक्षिक योग्यता भएका मा.वि. तहका शिक्षकलाइ कक्षा ९ देखि कक्षा १० सम्म मात्र पढाउने गरी ब्यबस्था मिलाउने ।                                  

    १४.हाल विद्यालयमा कार्यरत स्थायी शिक्षक , कर्मचारीहरु लाई निम्न अनुसार पद तथा तह कायम गरी पदस्थापना गर्नु उपयुक्त हुने ।
    क्र. सं.    हाल कार्यरत पद                  शैक्षिक योग्यता र जेष्ठता         नयाँ कायम हुने पद                       नयाँ कायम हुने तह
    क)      मा.वि. शिक्षक  (प्रथम)               स्नातक/स्नातकोत्तर            मा.वि. शिक्षक                   तह १० (अधिकृत प्रथम सरह)
    ख)      मा.वि. शिक्षक  (द्धितीय)             स्नातकोत्तर                      मा.वि. शिक्षक                  तह–९  (अधिकृत द्धितीय सरह)
    ग)       मा.वि. शिक्षक  (द्धितीय)           स्नातक                            मा.वि. शिक्षक                 तह–८  (अधिकृत द्धितीय सरह)           
    घ)    मा.वि. शिक्षक  (तृतीय)            स्नातकोत्तर                           मा.वि. शिक्षक                तह–८  (अधिकृत द्धितीय सरह)           
    ङ)    मा.वि. शिक्षक  (तृतीय )         स्नातक र ४वर्ष स्थायी भएका             मा.वि. शिक्षक              तह–८  (अधिकृत द्धितीय सरह)  
    च)    मा.वि. शिक्षक  (तृतीय)      स्नातकोत्तर नभएका र ४ वर्ष स्थायी नपुगेका  मा.वि. शिक्षक              तह–७   (अधिकृत तृतीयसरह)
    छ)    नि.मा.वि. शिक्षक (प्रथम)        स्नातकोत्तर                                मा.वि. शिक्षक                तह–९  (अधिकृत द्धितीय सरह)
    ज)    नि.मा.वि. शिक्षक( द्धितीय)        स्नातकोत्तर                              मा.वि. शिक्षक                तह–८  (अधिकृत द्धितीय सरह)
    झ)    नि.मा.वि. शिक्षक (तृतीय)         स्नातकोत्तर                             मा.वि. शिक्षक                 तह–७  (अधिकृत तृतीय सरह)
    ञ)    नि.मा.वि. शिक्षक (प्रथम)    स्नातक/+२सरह                         आधारभूत तह शिक्षक               तह–८  (अधिकृत द्धितीय सरह)
    ट)    नि.मा.वि. शिक्षक (द्धितीय)    स्नातक/+ २सरह                               ”  ”                        तह–७   (अधिकृत तृतीय सरह)
    ठ)    नि.मा.वि. शिक्षक (तृतीय)    स्नातक                                          ”   ”                       तह–६   (अधिकृत तृतीय सरह)
    ड)    नि.मा.वि. शिक्षक (तृतीय)   + २ सरह र ४वर्ष स्थायी भएका                 ”   ”                       तह–६   (अधिकृत तृतीय सरह)
    ढ)    नि.मा.वि. शिक्षक (तृतीय)     स्नातक नभएका र  ४ वर्ष नपुगेका            ”   ”                        तह–५   (ना.सु. स्तर)
    ण)    प्रा.वि. शिक्षक  (प्रथम)          सवै शिक्षक                        आधारभूत तह शिक्षक                 तह–७  (अधिकृत तृतीय सरह)
    त)    प्रा.वि. शिक्षक  (द्धितीय)          स्नातक                                          ”   ”                  तह–६  (अधिकृत तृतीय सरह)
    थ)    प्रा.वि. शिक्षक  (द्धितीय)        स्नातक नभएका                                     ”   ”                  तह –५ (ना.सु. सरह)
    द)    प्रा.वि. शिक्षक  (तृतीय)        सबै                                                      ”    ”              तह–५  (ना.सु. सरह)
                    
    यसरी पद र तह मिलान गरी पदस्थापना गर्दा थप लाभान्वित भएकाहरु लाई पद (तह) मिलान भएको मितिदेखि जेष्ठता कायम गर्ने र थप लाभान्वित हुन नसकेका सबैलाई साविकको  नियुक्ति वा बढुवा भएको मिति देखिकै जेष्ठता कायम गरी दिने । साथै, आगामी दिनमा मा.वि. स्तरको तल्लो तहबाट माथिल्लो तहमा बढुवा हुन सम्बन्धित विषयमा स्नातकोत्तर तहको शैक्षिक योग्यता हुनुपर्ने र आधारभूत तहको तल्लो तहबाट माथिल्लो तहमा बढुवा हुन कम्तीमा+२ सरहको शैक्षिक योग्यता हुनुपर्ने व्यवस्था गर्ने । शिक्षक बढुवा हुन ४ वर्षको का.स.मु. फा. मूल्याङ्कन गर्ने र कम्तीमा ४ वर्ष पुगेको हुनुपर्ने व्यवस्था गर्ने ।             

                                        
    नोट:— माथि उल्लेखित विचारहरु लेखकका निजी विचार हुन् । यसबाट शिक्षा क्षेत्रमा सरोकार राख्ने व्यक्ति ,संस्था तथा नितीनिर्माताहरु लगायत सबैलाई विद्यालय शिक्षाको नयाँ व्यवस्थापन गर्ने सन्दर्भमा केही सहयोग पुग्न जानेछ भन्ने आशा र विश्वास लिईएको छ ।
      प्रतिकृयाको लागि : pdelnath@gmail.com                                धन्यवाद !