२०७६ कार्त्तिक २७ गते

विद्यार्थीहरुले कवितामार्फत मुलुकको समृद्धि झल्काए

राजन रावत/हुम्ला




पूर्व निर्धारित कार्यक्रम नभएर संयोगले परेको भानुभक्तको जन्मजयन्तिको अवसरमा कविता तथा वक्तृत्व प्रतियोगिता सञ्चालन भएको छ । विद्यार्थीमा अन्तर निहित भएको प्रतिभालाई प्रफुष्टन गर्न अतिरिक्त कृयाक्लाप अन्र्तगत कविता र वक्तृत्व कला प्रतियोगिता सञ्चालन गरिएको हो ।

सिमकोट गाउँपालिका भित्रका मावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा छात्रातर्फ बालमन्दिर माविका मनिसा हमाल प्रथम भएकी छिन् । देश विकासमा पर्यटन उद्योगको महत्व शिर्षकमा सञ्चालन भएको वक्तृत्वकला प्रतियोगितामा मानसरोवर  माविका सरगम  रावत द्धितीया, रलिङ्ग माविका डिचिन लामा तृतीया र सैपाल माविका सीता बुढा सान्त्वना भइन् ।

 त्यस्तै गरि सोही प्रतियोगिताको छात्रतर्फ बालमन्दिर माविका निराजन रोकाया प्रथम, रलिङ्ग माविका बिज्ञान भण्डारी द्धितीया, मानसरोवर माविका कुशल वुढा तृतीया र सैपाल माविका सुरेश शाही सान्त्वना भएका छन । प्रतियोगितामा रामदेव माविको पनि उहभागिता रहेको थियो ।

यता देश भक्तिको भाव झल्कने शिर्षकमा मावि स्तरकै कविता प्रतियोगितामा छात्रातर्फ बालमन्दिर माविका पुजा महत प्रथम, मानसरोवर माविका सरगम रावत द्धितीया, रामदेव माविका रामदेवी हमाल तृतीया र रलिङ्ग माविका कल्पना भण्डारी सान्त्वना भएकी छिन्  भने छात्रतर्फ  मानसरोवर माविका रमेश सुनार प्रथम, वालमन्दिर माविका प्यारीलाल ऐडी द्धितीया र रलिङ्ग माविका मान वहादुर सुनार तृतीया भएका आयोजक आँकुरा वालक्लवका अध्यक्ष सुनाम लामाले जानकारी दिए ।

सिमकोट गाउँपालिकाका सात वटा मावि भए पनि प्रतियोगितामा पाँच वटा माविहरु मानसरोवर, बालमन्दिर, सैपाल, रलिङ्ग र रामदेब माविका छात्रा छात्रहरुको सहभागीता रहेको थियो । सिमकोट गाउँपालिकाको समन्वय, गुडनेभर्स इन्टर नेस्नल नेपाल आयोजना र किडार्क नेपालको सहआयोजनामा प्रतियोगिता संचालन भएको हो । बिजेता प्रतियोगी बिधार्थीलाई पुरस्कार बितरण गरिएको बालमन्दिर माविका प्रधानाध्यापक कैलाश रोकायाले बताए ।






Comments: