कविता : दुर्घटना !

Avatar photo

Byएजुकेशन पाटी

१३ श्रावण २०८१, आईतवार
राजेश भण्डारी
राजेश भण्डारी

 

दुर्घटना !

कतै रातमा हुन्छ दुर्घटना, कतै दिनमा भएका छन्
हेर्दाहेर्दै हुन्छ दुर्घटना, कतै निद्रामा भएका छन् ।
हो यहाँ त्यही भएको छ दिनमा र रातमा
कहिले देशभित्र हुन्छ दुर्घटना कहिले प्रदेशमा ।

सिमलताल लेदोले त्रिशुलीमा बस हराए
सरकार ढल्यो रातमा सांसद, मन्त्री कराए ।
यता त्रिशुलीको पानीमा यात्रुले ज्यान गुमाए
उता सरकारले देशका युवाहरू खाडी घुमाए ।

यता बाढीपहिरोले डुबान छ, राहत छैन देशैभरि
सरकारले युवा भौँतारिन बाध्य बनाएको छ प्रदेशभरि ।
त्रिशुली घटनाले दुई बसले सवार यात्रु गुमायो
यता सरकार परिवर्तन गर्दै नेताहरू रमायो ।

कस्लाई भन्ने खोई पीडा सारा देशवासीले भोगेको छ
बैसट्ठी यात्रु हराए नदीमा आफन्तलाई पिर परेको छ
कुरा त विकास र समृद्धिका गर्दछन् दलका नेताहरू
सरकार गिराउँछन्, बनाउँछन् पेट भर्छन् नेताहरू ।।

आज सडक र सदन दुवै ठाउँमा दुर्घटना भएको छ
भोलि देशै दुर्घटना हुन्छ कि भन्ने शङ्का छाएको छ ।
स्थिर सरकार र नेता सही नहुँदा जनता अप्ठ्यारोमा छन्
सडक सही नहँुदा वर्षै पिच्छे ज्यान गुमाएका छन् ।

चट्याङ, बाढीपहिरो सडक दुर्घटना दिनहुँ ज्यान गएको छ
सडकमा मात्रै होइन आकाशमा पनि हवाई दुर्घटना भएको छ
सरकार दुर्घटनाका उपायहरू न्यूनीकरण गर्न चाहँदैन ।
जति नै आलोचना गरे पनि भ्रष्टाचार नगरी मान्दैन ।

गरीबका छोरा त्रिशुलीमा हराए लाशको छैन खबर कतै
धनीका हराएका कुकुर खोज्न सरकार व्यस्त सधैँ ।
यहाँ हुन्छ मान्छेका सास, गाँस र लाश सम्ममा विभेद
गरीबलाई बोल्न, खान र छ मर्न सम्मा निषेध ।

सिमलताल, त्रिशुली घटनाका मृतकलाई समवेदना
हे सरकार छिट्टै क्षतिपूर्ति दे यही गर्दछाँै कामना ।
आँखाभरि आँसु छ, निस्चल मन, कोमल हुन्छन् भावना
यस्ता डरलाग्दा घटना अब कहिले नहुन् शुभकामना ।

गुल्मी, हाल महोत्तरी

प्रतिकृया दिनुहोस्