• ‘पहिले कसले गुमाउने ? शिक्षकले आफ्नो रोजगारी कि लोकतन्त्रवादीले सत्ता ?’
    (ईपाटी संवाददाता)


  • काठमाडौं । उत्पीडित शिक्षक, विद्यालय कर्मचारीको पक्षमा निरन्तर कानूनी लडाई लड्दै आएको पुनरुत्थानवादी शक्ति नेपालले अस्थायी शिक्षकहरुले कुनै हालतमा जागिर नगुमाउने ठोकुवा गरेको छ ।


    २९७ औं पृथ्वी जयन्तीका अवसरमा राजधानीमा एक अन्तक्र्रिया गर्दै सो पार्टीले पूर्व राजाले अस्थायी शिक्षकहरुलाई दिएको न्याय लोकतन्त्रवादी पार्टीहरुले खोस्न लागेको आरोप समेत लगाए ।  पूर्व राजा ज्ञानेन्द्रले सबै अस्थायी शिक्षकहरुलाई स्थायीको मौका दिने  र बाँकीलाई सुविधा दिनेगरी अध्यादेश ल्याएपनि लोकतन्त्रवादी संसदबाट पारित ऐनमा निश्चित प्रतिशत शिक्षकहरुलाई सिधै घरपठाउने ऐन पारित भएको भन्दै सो पार्टीले कडा आपत्ति जनाएको छ ।


    कार्यक्रममा सो पार्टीका नेता शेखरजंग रायमाझीले सबै अस्थायी शिक्षकहरुलाई प्रक्रिया पु¥याएर स्थायी नगरेसम्म कानूनी लडाइ जारी राख्ने उद्घोष गरे । राजा ज्ञानेन्द्रले पहिला उत्पीडित शिक्षक, कर्मचारी, बाढी पहिरोपीडित, भूकम्प पीडितहरुलाई न्याय दिएको तर लोकतन्त्रवादीले खोस्ने काम गरेको भन्दै रायमाझीले एकजना पनि अस्थायी शिक्षकलाई सेवाबाट हटाएर देखाउन चुनौति दिए ।


    अर्का नेता शरद मिश्रले अस्थायी सर्वोच्च अदालतको संवैधानिक इजलाशमा दर्जनौं मुद्दा रहेको भन्दै सो अगाडि एकजना पनि अस्थायी शिक्षकलाई परीक्षामा असफल भएको नाममा विस्थापित गर्न सरकारले कानूनी रुपमा नसक्ने बताए ।


    यसैगरी, अधिवक्ता कोषराज काफ्लेले अस्थायी शिक्षकहरुको जागिर कुनै हालतमा नजाने भन्दै जागिर भन्दा पहिले लोकतन्त्र जाने स्पष्ट पारे ।


    कार्यक्रममा विज्ञहरुले पृथ्वीनारायण साह, राजा महेन्द्र, राजा ज्ञानेन्द्र वारे विभिन्न अध्ययन कार्यपत्रहरु प्रस्तुत गरेका थिए । कार्यक्रम राष्ट्रवादी काँग्रेसका महामन्त्री माधव कोइरालाको अध्यक्षतामा सम्पन्न भएको थियो ।