२०७६ मंसिर ४ गते

कर्णालीका आईटी पढ्ने सात विद्यार्थीलाई क्यानको छात्रवृत्ति

प्रभा रावत/सुर्खेत




कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले सुचना र प्रविधि (आईटी) पढन् चाहने कर्णाली प्रदेशका सात जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ ।


क्यानले सूचना प्रविधि पढन् चाहने प्रदेशका गरिब तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति घोषणा गरेको हो । लर्ड वुद्ध एजुकेसन फाउण्डेसनको सहकार्यमा क्यानले सातै प्रदेशका ७ जनाका दरले ४९ जना विद्यार्थीहरुलाई १ करोड ८३ लाख ३६ हजार ५ सय रुपैयाँको छात्रवृत्ति घोषणा गरेको छ ।


आइतबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रत्येक प्रदेशका एक छात्रालाई पूर्ण र ६ जनालाई आंशिक छात्रवृत्ति प्रदान गर्न लागिएको क्यान महासंघ कर्णाली प्रदेशका अध्यक्ष पूर्णदेव अधिकारीले जानकारी दिए ।


सबै जिल्लास्तरमा छनोट समितिबाट सिफारिस भएका विद्यार्थीहरुलाई प्रदेशलाई पठाउने र त्यसमा पनि उत्कृष्टलाई प्रदेशले संघमार्फत छनोट गर्ने छ ।


क्यान महासंघका वरिष्ठ उपाध्यक्ष नवराज कुँवरले विद्यार्थी छनौटको काम पारदर्शी हुने बताए । छात्रवृत्ति प्राप्त विद्यार्थीहरुले मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनको एफिलेसनमा सञ्चालित लर्ड बद्ध एकजुकेसन फाउण्डेसनमा स्नातक तह अन्तर्गत बिएस्सी आइटीको अध्ययन गर्न पाउने उनले जानकारी दिए ।



Comments: