• पक्राउ परेका छुट अस्थायी शिक्षक रिहा
    (ईपाटी संवाददाता/काठमाडौं)


  • काठमाडौं । अनशनको तयारीका क्रममा पक्राउ परेका छुट अस्थायी करार शिक्षकहरुलाई प्रहरीले रिहा गरेको छ ।


    रिलेअनशनकै तयारीका क्रममा बिहान १० बजे पक्राउ परेका १२ जनालाई साँझ ५ बजेतिर छाडेको हो । उनीहरुलाई निषेधित क्षेत्रमा अनशन बस्न खोजेकाले पक्राउ गरिएको र आगामी दिनमा नदोह्र्याउने शर्तको कागज गरी छाडिएको हो ।


    प्रहरीले छुट, अस्थायी करार शिक्षक संघर्ष समितिका अध्यक्ष हरिवंश पराजुलीलगायत १२ जनालाई बिहिबार विहान १० बजे माइतीघर मण्डलाबाट पक्राउ गरेको थियो । उनीहरुले माइतीघर मण्डलामा अनिश्चितकालीन रिले अनशनको तयारी गरिरहेका थिए ।


    उनीहरुको सरहाइका लागि नेपाल शिक्षक महासंघसाथै अन्य शिक्षकका संघसंगठनका नेताहरुले प्रहरीलाई दवाव दिएका थिए ।


    रिहाभएसँगै ति शिक्षकहरुलाई नारावाजी गर्दै शान्तिवाटिकामा लगेर कोण सभा गरिने समितिकी केन्द्रिय कोषाध्यक्ष अनिता थापाले जानकारी दिइन् ।प्रहरीले पक्राउ परेका शिक्षकहरुलाई थापाकै जिम्मामा रिहा गरेको थियो ।


    थापाका अनुसार शान्तिवाटिकामा बस्ने समितिको बैठकले आगामी आन्दोलनका कडा कार्यक्रम सार्वजनिक गर्नेछ ।


    'हामी शान्तिवाटिकामै आमरण अनशन पनि बस्न सक्छौं'– थापाले भनिन् ।

    स्वत्त नभइ परीक्षा दिएर स्थायी हुन पाउनुपर्ने माग राख्दै छुट करार अस्थायी शिक्षकहरु निरन्तर आन्दोलनमा छन् ।