• परीक्षा दिएर स्थायी हुन्छौं भन्दा नि नपाएपछि छुट/करार शिक्षक पुुनः आन्दोलित
    (ईपाटी संवाददाता)


  • काठमाडौं । स्वत्तः नभइ परीक्षा दिएर स्थायी हुन्छौं भन्ने मागसमेत सरकारले नसुने पछि छुट करार शिक्षकहरु पुनः आन्दोलित भएका छन् ।


    एकदिन अघि नियुक्ति भएका अस्थायी शिक्षकहरुले आन्तरिक परीक्षा दिन पाएपनि एकदिन ढिलो हुँदासमेत छुट करार शिक्षकहरु परीक्षाबाट बञ्चित रहँदै आएका थिए ।


    दशौंवर्ष अस्थायी रुपमा सँगै पढाएका एकजनाले परीक्षा दिएर स्थायी हुन पाउने आफूहरुले परीक्षा दिनै नपाउने भन्दै उनीहरु लामो समय देखि आन्दोलन गर्दै आइरहेका छन् ।


    छुट करार शिक्षकलाई सरकारले परीक्षाको मौका नै नदिइ बिदा गर्न लागेको भन्दै आफूहरुको योग्यता परिक्षण गरिदिन छुटकरार शिक्षक संघर्ष समितिका अध्यक्ष हरिवंश पराजुलीले सरकारसँग माग गरे ।


    ऋाफूहरुको योग्यता परिक्षण बिनै बिदा गरिन लागिएको भन्दै चैत २० गतेदेखि निर्णयक आन्दोलनको तयारीमा जुटेको पराजुलीले स्पष्ट पारे ।
    आफुहरुले फागुन २७,२८ र २९ गते गरेको आन्दोलन पछि शिक्षा मन्त्रालयले वार्तामा बोलाएपनि कुनै सलसखत सहमति नगरी धोका दिइएको भन्दै अब सडकमा नै वार्ता हुने पराजुलीले स्पष्ट पारे ।


    सरकारले २०७५ साल असारमा लिएको अस्थायी शिक्षकको आन्तरिक परीक्षामा विभेद पुर्ण तरिकाले २०७२ असोज २ गतेसम्म मात्रै नियुक्त भएको शिक्षकलाई आन्तरिक परीक्षामा सहभागी गराएको थियो ।

    संघर्ष समितिकी कोषाध्यक्ष अनिता थापाले आफूहरु परीक्षा दिएर स्थायी हुन्छौं भन्दा पनि परीक्षामा सहभागी नगराएर सरकारले सौतेनी व्यवहार गरेको आरोप लगाइन् । एकदिन अघि नियुक्ति भएकाले आन्तरिक परीक्षा दिन पाउने, एकदिन पछिकाले नपाउने यस्तो अन्यायपूर्ण व्यवस्था हामी मान्दैनौं– थापाले भनिन् ।


    राहत इसिडि शिक्षकहरुले पनि बानेश्वरमा आन्दोलन गरेपछि शिक्षा मन्त्रालयले आन्तरिक परीक्षा गर्ने सहमति गरेको थियो ।