• कालिका मानवज्ञान माविको नतिजा निजीको भन्दापनि उत्कृष्ट, १५ जनाले ल्याए ४ सहित ३.९ जीपीए
    (ईपाटी संवाददाता)


  • बुटवल । बुटवल स्थित कालिका मानवज्ञान माविले माध्यमिक शिक्षा परीक्षा एसइइ नतिजामा जिल्लाका सबै निजी विद्यालयहरुलाई समेत उछिनेको छ ।


    विद्यालयबाट एसइइ परीक्षामा सहभागी ३७१ विद्यार्थी मध्ये १५ जनाले ४ सहित ३.९ माथिको जीपीए प्राप्त गरेका छन् । त्यस्तै ५० विद्यार्थीले ३.८ माथिको जीपीए प्राप्त गरेका छन् ।


    समग्रमा विद्यालयबाट एसइइ दिएका विद्यार्थी मध्यै १ जनाले ४ जीपीए, १७१ जनाले ३.६ माथिको जीपीए प्राप्त गरेका छन् ।


    विद्यालयका प्रअ घनश्याम पाठकका अनुसार १२५ जना विद्यार्थीले ३.२ माथिको जीपी प्राप्त गरेका छन् ।


    यसैगरी, ८९ जना विद्यार्थीले २.८ माथिको जीपीए प्राप्त गरेका छन् भने २.४ माथिको जीपीए ल्याउने विद्यार्थीको संख्या ३६ रहेको छ । जम्मा २ जनाको नतिजा मात्र २ जीपीए माथि रहेको छ ।

    घनश्याम पाठक


    विद्यालयबाट साधरण तर्फ ३२५ र प्राविधिक तर्फका ४६ विद्यार्थी एसइइमा सहभागी भएका थिए ।


    ५ हजार बढी विद्यार्थी रहेको मुलुककै उत्कृष्ठ मध्येको एक उक्त विद्यालयले एसइइ नतिजामा जिल्लामै उत्कृष्ट नतिजा हासिल गरेको हो । सामुदायिक विद्यालयमात्रै होइन जिल्लाका निजी विद्यालयका नतिजासमेत उक्त सामुदायिक विद्यालयको छेउसम्म छैन ।


    विद्यालयका प्रअ शिक्षक, विद्यार्थी र अभिभावकको संयुक्त प्रयासबाट उत्कृष्ट नतिजा हासिल गर्न सफल रहेको बताए ।


    मुलुककै सामुदायिक विद्यालयको नतिजा खराब बनिरहेको अवस्थामा कालिका मानवज्ञान माविले भने आफूलाई अपवादको रुपमा स्थापित गराएको छ ।