२०७६ कार्त्तिक २६ गते

कालिका मानवज्ञान माविको उत्कृष्ट नतिजा, १०८ विद्यार्थीले ल्याए ३.६५ बढी जिपिए

नमूना विद्यालयको उत्कृष्ट नतिजा


रुपन्देही । नेपालकै नमूना विद्यालय बुटवलस्थित कालिका मानवज्ञान माविले २०७४ सालको एसइइ परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गरेको छ ।


परीक्षामा सहभागी भएका ३६४ विद्यार्थी मध्ये १०८ जनाले ३.६५ बढी जिपिए प्राप्त गरेका छन् । त्यस्तै, त्यसमा पनि ३.९ जिपिए ल्याउन ११ र ३.८ जिपिए ल्याउने ३७ जना रहेका विद्यालयका प्रधानाध्यापक घनश्याम पाठकले जानकारी दिए ।


पाठकका अनुसार १४१ जना विद्यार्थीले ३.२५ देखि ३.६, ८१ जना विद्यार्थीले २.८ देखि ३.२ जिपिए ल्याउन सफल भएका हुन् । २९ जनाले २.४ देखि २.८ र २ जनाले २.३ देखि २.३५ जिपिए ल्याउन सफल भएका प्रधानाध्यापक पाठकले जानकारी दिए ।


विद्यार्थीलाई विद्यालय भित्राउँदा तल्लो कक्षामा (१–५ कक्षामा) भित्राउने कोशिस गरिएको र जसले गर्दा विद्याार्थीको जग राम्रो बनाउन सकिएको प्रअ पाठकको भनाइ रहेको छ । विद्यालयमा शैक्षिक सामग्रीबिना शिक्षक कक्षामा प्रवेश गर्न नपाउने, कक्षामा विद्यार्थीहरुले प्रश्न सोध्ने वातावरण तयार पार्ने र प्रश्न सोधेकोमा स्यावासीसहित उत्तर दिने गरिएको छ ।


मासिक र त्रैमासिक, अर्ध वार्षिक र वार्षिक परीक्षाको माध्यमबाट मूल्यांकन गरिने र प्रथम त्रैमासिक र अर्धवार्षिक परीक्षामा समेत कुनै विषयमा अनुत्तीर्ण भएमा पूरक परीक्षा दिनुपर्ने व्यवस्था गरिएको छ ।


कमजोर विषयमा अलग्गै सहयोगी कक्षाको व्यवस्था गरिएको छ । शैक्षिक शत्रको शुरुमा शिक्षण तालिम, शैक्षिक सामग्री संकलन, निर्माण गर्ने उत्पादन गर्ने कार्यमा विषय शिक्षकहरुलाई केन्द्रित गराइएको छ । शिक्षण सिकाइमा सूचना र प्रविधिको व्यापक प्रयोग र एक शिक्षक एक ल्यापटप नीतिको विद्यालयले अवलम्बन गरेको प्रअ पाठकले जानकारी दिए । हाल विद्यालयमा ५ हजार बढी विद्यार्थीहरु अध्ययनरत छन् ।
 

Comments: