• कविता : शिक्षालार्इ जीवनोपयोगी बनाउँ
    ()

  • अभिमन्यु गौतम 

    कविता

    शिक्षालार्इ जीवनोपयोगी बनाउँ 

     

    अज्ञान विकृती र विसङ्गती सवै नै हटाइ
    ज्योती छरेर शिक्षाको सवमा सदगुण वढाइ
    शिक्षा प्रदान गर्नु निश्चय सधै गरेर सुधार
    विकसित शिक्षा भए फेर्ने छ देशले मूहार ।


    अठोट हुन्छ शिक्षकको राष्ट्र निर्माता वनाउने
    सुयोग्य नागरिकहरु सवै शिक्षाबाट नै गराउने
    ज्ञान गुण सीपले क्षमता दक्षता सबमा वढाइ
    शिक्षा दिनु छ निरन्तर यो देशका कर्णाधारलाइ ।


    शिक्षाका ज्योती शिक्षक हुन शैक्षिक चेतना जगाउने
    दक्ष जनशक्ति तयार गरेर समुन्नत राष्ट्र वनाउने
    शिक्षाका ज्योति शिक्षक , पेशाको मर्यादा हुनु छ ।।
    शिक्षालाइ व्यवसायिक र जीवनोपयोगी वनाउनु छ ।।

    -हेटौडा ५ सानो पोखरा