• उपत्यकाव्यापी कविता प्रतियोगिता सम्पन्न
    ()

  • काठमाडौँ । विश्व दुध दिवसको अवसरमा उपत्यकाव्यापी विद्यालयस्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय दुग्द्य विकास बोर्डले आयोजना गरेको प्रतिगोगितामा उपत्यकाका ५० विद्यालयका ६६ विद्यार्थीको सहभागिता रहेको थियो ।


    प्रतियोगितामा सेन्टजर्ज इन्टरनेशनल स्कुल बिसालनगरका आयुश पौडेल प्रथम, युनिभर्सल उमावि धुम्बाराहीका विशाल रेग्मी द्धितीय तथा ग्रामण पव्लिक उमावि कोटेश्वरका समृद्धी कार्की तीतृय हुन सफल भएका छन् । त्यस्तै पद्यकन्या विद्याश्रम उमावि डिल्ली वजारका आरती सुवेदी, सेन्टजर्ज इन्टरनेशनल स्कुल विशालनगरका सुदिप रसाइली, वेस्ट गु्रप भीजन पव्लिक स्कुल कोटेश्वरका समिर तामाङले सान्त्वना पुरस्कार पाउन सफल भएका छन् । प्रथम हुनेले ५ हजार, द्धितृयले ३ हजार तीतृयले २ हजार र सान्त्वनाले १/१ हजार पाउने जनाईएको छ ।


    कार्यक्रमका प्रमुख अतिथी तथा राष्ट्रिय दुग्द्य बिकास बोर्डका कार्यकारी निर्देशक कैलाश प्रसाद ढुंगेलले प्रतियोगीतामा सहभागि विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै दुध स्वास्थ्य, आम्दानी र विकासकालागि महत्वपुर्ण रहेको बताए । विद्यार्थीहरुलाई कवितामा व्यक्त आर्दश जीवन र व्यवहारमा उतार्न उनको आग्रह थियो ।


    विशेष अतिथी तथा नेपाल डेरी एशोसियसनका अध्यक्ष सुसील केडियाले कविता प्रतियोगीताबाट विद्यार्थीहरुको सिर्जनशीलता बढ्ने धारण व्यक्त गरे । दुग्ध व्यवसायलाई व्यस्थीत र विस्तार गरे मुलुले कृषिमा ठूलो फड्को मार्ने उनको भनाई थियो ।


    कविता प्रतियोगिताका संयोजक तथा नेपाल डेरी एशोसियसनका महासचिव प्रल्हाद दाहालले दुधको महत्वबारे विद्यालयस्तर देखिनै जानकारी दिनुपर्नेमा जोड दिँदै विद्यार्थीहरुलाई दुधको महत्व बुझाउन साथै उनीहरुको सिर्जनशीलता बिकास गर्न कविता प्रतियोगिता आयोजना गरिएको बताए ।
    कविता प्रतियोगितामा साहित्यकारहरु बलाराम दाहाल, ज्ञानु बिद्रोही र सरोज घिमिरेले निर्णयकको भुमिका निर्वाह गरेका थिए ।


    कार्यक्रममा एन प्याब्सनका केन्द्रिय सचिव कृष्ण दाहाल, एन प्याब्सनका केन्द्रिय सह कोषध्यक्ष प्रताप ब. थापा, एन प्याब्सनका केन्द्रिय सदस्य राम पाण्डे, एन प्याब्सन ललितपुरका अध्यक्ष राजेश महर्जन, राष्ट्रिय दुग्ध विकास बोर्डका प्रशासन प्रमुख विदुर राई, स्कुल फोरमका अध्यक्ष हिक्मत दाहाल लगायतले दुग्ध व्यावसाय र कविता प्रतियोगिताको महत्वबारे आ आफ्नो धारण राखेका थिए ।


    कार्यक्रम डेरी एशोसियसनका प्रथम उपाध्यक्ष राधाकृष्ण सापकोटाले सञ्चालन गरेका थिए ।