२०७७ जेष्ठ २५ गते

‘जंक फुड’ खाने विद्यार्थीलाई १० रुपैयाँ जरिवाना

अन्तैबाट

अमरगढी । डडेल्धुराको एक विद्यालयले जंक फुड खाने विद्यार्थीलाई १० रुपैयाँ जरिवाना गर्ने गरेको छ ।

डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका–७ स्थित उग्रतारा उच्च माध्यमिक विद्यालय पोखराले विद्यालय समयमा र विद्यालय परिसरमा जंक फुड खाने विद्यार्थीलाई १० रुपैयाँ जरिवाना गर्ने गरेको छ।     

दैनिकजस्तो बालबालिकामा देखिने कमलपित्त लगायतका रोग बढ्दै गएपछि विद्यालय समयमा चाउचाउ, बिस्कुट लगायतका जंक फुड खान प्रतिबन्ध गरिएको उग्रतारा उच्च माध्यमिक विद्यालय पोखरा डडेल्धुराका प्राचार्य चन्द्रबहादुर साहुले बताए।

विद्यार्थीले विद्यालय परिसरमा खान रोक लगाएपछि छात्रछात्रा जंक फुड खान कमी आएको प्राचार्य साहुले बताए। अहिलेसम्म दुई सय विद्यार्थीलाई जरिवाना गरिसकेको उनले जानकारी दिए।     

पहिले/पहिले त नियन्त्रणमा ल्याउन समस्या आयो तर आजभोलि विद्यालय समयमा जंक फुड खाने पूर्णरुपमा कमी आउँदै गरेको शुरुमा त साह्रै समस्या देखिएको तर अहिले जंक फुड पटकै छोडिएको अवस्था देखिएको कक्षा १० अध्यनरत छात्रा वसन्ती ताम्राकारले बताइन्।

नागरिकमा खबर छ ।

Comments: