२०७६ चैत्र २२ गते

तलब माग्दै शिक्षक धर्नामा

अन्तैबाट

जुम्ला । जुम्लाका तिला गाउँपालिकाका शिक्षकहरुले अन्तिम चौमासिकको तलब दिन आनाकानी गरेको भन्दै गाउँपालिकाको कार्यालयमा धर्ना दिएका छन् । तत्काल तलबको व्यवस्था गर्न माग गर्दै उनीहरुले शुक्रबारदेखि गाउँपालिका कार्यालयमा धर्ना सुरु गरेका छन् ।


विद्यालयहरुले गत आर्थिक वर्षको पाठ्यपुस्तक र छात्रबृत्ति रकम नपाएको, शिक्षक र विद्यालय कर्मचारीले पोशाक भत्ता नपाएको भन्दै तत्काल माग सम्बोधन गराउन आन्दोलनका कार्यक्रम थालिएको तिला गाउँपालिका शिक्षक संघर्ष समितिका अध्यक्ष मानबहादुर शाहीले बताए।

विद्यालयमा आउने पीसीएफ, ननपीसीएफ, छात्रवृत्ति पाठ्यपुस्तक, बुक कर्नर, निरन्तर मुल्यांकन खर्च, प्रशासन खर्च, एसआईपी निर्माण गर्ने लगायतका काममा स्थानीय तह गठनयता बाधा पुग्दै आएको शिक्षकहरुको गुनासो गरेका छन्।

एक साताभित्र तलब भत्ताको व्यवस्था हुन नसके आन्दोलनका कडा कार्यक्रम सार्वजनिक गर्ने शिक्षकहरुले चेतावनी दिएका छन्। तिला गाउँपालिकामा ५८ लाख शिक्षकको तलब अपुग देखिएको हो ।

कान्तिपुरमा खबर छ ।

Comments: