२०७६ मंसिर २९ गते

जेपी स्कुलका दुई विद्यार्थीलाई मलेसियन सहयोग

अन्तैबाट

काठमाडौं । ठमेलस्थित जेपी स्कुलमा अध्ययनरत दुई विपन्‍न विद्यार्थीको पढाइ खर्च मलेसियाको सायटो विश्वविद्यालयले बेहोरिदिने भएको छ ।विश्वविद्यालयका प्रतिनिधीले हालै विद्यार्थीलाई सहयोग रकम हस्तान्तरण गरेका छन् ।

सहयोग पाउनेमा कक्षा १० मा अध्ययनरत दोलखा स्थायी घर भएका रोशन कार्की र कक्षा ४ मा अध्ययनरत मुगुका प्रकाश रोकाया छन् । दुवैजनालाई एक वर्षभरी लाग्ने स्टेशनरी, पोशाक लगायत सामग्रीमा लाग्ने खर्च विश्वविद्यालयले बेहोरिदिनेछन् ।

पुतलीसडकस्थित स्टडी प्लसले उक्त सहयोगको व्यवस्थापन गरिदिएको हो । स्टडी प्लसका प्रवन्ध निर्देशक उमेश अधिकारीले भने, 'अर्को वर्ष थप पाँच जना विद्यार्थीलाई सहयोग गर्ने विश्वविद्यालयले प्रतिवद्धता जनाएको छ ।' सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालयका प्राचार्य लक्ष्मण पौडेलले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि यो सहयोगले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

अन्नपुर्णपोष्टमा खबर छ ।

Comments: