२०७७ जेष्ठ २५ गते

शिक्षा इकाई प्रमुखलाई हाजिर गराउन पत्राचार

अन्तैबाट


डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले लामो समयदेखि बेपत्ता रहेका शिक्षा इकाई प्रमुखलाई तत्काल कार्यालयमा हाजिर गराउन पत्राचार गरेको छ। शिक्षा विकास तथा समन्वय इकाई प्रमुख अमरप्रसाद भट्ट लामो समयदेखि कार्यालयमा हाजिर नभएका कारण प्रशासनले प्रमुख भट्टलाई हाजिर गराउन अथवा नयाँ प्रमुख खटाउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्राचार गरेको हो।

प्रमुख भट्ट कार्यालय खुलेको सात महिना अर्थात् २१० दिनमा जम्मा ४४ दिन मात्रै कार्यालयमा हाजिर भएको रेकर्ड भेटिएपछि प्रशासनले मन्त्रालयलाई यस्तो पत्राचार गरेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए। प्रमुख भट्टको व्यवहार र कार्यशैलीका कारण जिल्लाको शैक्षिक क्षेत्रमा अनपेक्षित समस्या सिर्जना हुन सक्ने भन्दै प्रशासनले समस्या समाधानका लागि माथिल्लो निकायमा पत्राचार गरेको बताइएको छ।

Comments: