२०७६ असोज २ गते

विद्यालय भलिबल प्रतियोगिता जारी

ईपाटी संवाददाता


भक्तपुर । भक्तपुरमा जारी विद्यालयस्तरीय भलिबल प्रतियोगितामा छात्रतर्फ तीन खेल र छात्रातर्फका ४ खेल भएका छन् ।


भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ६ पाण्डुबजारस्थित आर्दश ज्योति (एजे) स्कूलको आयोजनामा भइरहेको विद्यालयस्तरीय पाँचौं एजे कप भलिबल प्रतियोगिताको दोस्रो दिनको खेलमा छात्रतर्फ जनप्रेमी, पिनाकल, थ्रीस्टार र आयोजक एजे(ए) टीमले विजयी सुरुवात गरेको छ ।


खेलअन्तर्गत जनप्रेमी र दीव्यदीप स्कूलबीच भएको खेलमा जनप्रेमीले क्रमश ः २६–२४, २५–२२ र थ्रीस्टार र  श्रीपद्म बीचको खेलमा थ्रीस्टारले २५ –१५, २२–२५, २५–२२, आयोजक एजे र आयोजक एजे(बी) बीचको खेलमा एजे(ए)ले २५–११, २५– १२ को सोझो सेटमा जितेका थिए ।


त्यसैगरी काभ्रेको ज्ञानकुञ्ज प्रतिष्ठानका खेलाडीहरु अनुपस्थिति भएपछि पिनाकल क्वाटरफाइनलमा प्रवेश गरेको आयोजकले जनाएको छ ।


खेलअन्तर्गत छात्रातर्फको स्पर्धामा न्यू डायमण्ड र थ्रीस्टारबीचको खेलमा न्यू डायमण्डले २५–९ र २५–१६ को सोझो सेटमा थ्रीस्टारलाई पन्छाएको थियो । त्यस्तै दीव्यदीप र ग्लेसियरबीचको खेलमा ग्लेसियरले २५–१३, १७–२५ र २५–१५ले जीत हासिल गरेको थियो ।


खेलअन्तर्गत विजेश्वरी ज्ञान मन्दिर र गीताञ्जलि तथा ग्लिटर फ्युचर र एडभान्स एकेडेमीबीचको खेलमा विजेश्वरी ज्ञान मन्दिर र ग्लिटर फ्युचरले जीत हासिल गरेको थियो ।


खेलमा विजेश्वरीले गीताञ्जलिविरुद्ध २५–११ र २५–१३ तथा ग्लिटर फ्युचरले एडभान्सविरुद्ध २५–२३, १८–२५ र २६–२४ को अंक हासिल गरेको थियो ।
प्रतियोगितामा मा काठमाडौं उपत्यकाका तीन जिल्ला र काभ्रेका विद्यालयहरुसहित २० विद्यालयले सहभागिता जनाइरहेका छन् ।


सरकारले भलिबल खेललाई राष्ट्रिय खेल घोषणा गरिसकेको अवस्थामा भलिबल खेलप्रति नयाँ पुस्ताको आर्कषण बढाउनका लागि गरिएको उपत्यकाव्यापी विद्यालयस्तरीय प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यालयलाई शिल्ड, मेडल, प्रमाणपत्रका साथै नगद पुरस्कारसमेतको व्यवस्था छ । आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुने टीमले रु. १० हजार, द्धितीय हुने टीमले रु. ५ हजार र तृतीय हुने टीमले रु. ३ हजार नगद पुरस्कार पाउनेछ ।


Comments: