• जन्मदिनको रकमबाट स्कूललाई पुस्तक सहयोग
    (ईपाटी संवाददाता)


  • भक्तपुर । भक्तपुरको एउटा स्कुलका विद्यार्थीहरुले आ–आफनो जन्मदिनको दिन संकलित सहयोग रकमबाट दुर्गम स्कूललाई पुस्तरक सहयोग गरेका छन् । भक्तपुरको मिवाछेंस्थित एभरेष्ट इगलिश स्कुलका विद्यार्थीले जन्मदिनमा चकलेटलगायतका किनेर साथीहरुलाई नबाडी रकम कोषमा राखेर संकलित रकमबाट बिहीबार दुई वटा स्कुललाई पुस्तक सहयोगस्वरुप हस्तान्तरण गरेका हुन् ।


    एक कार्यक्रमको आयोजना गरी बझाङको दुर्गम केदारस्युँं–९ स्थित श्री भैर मावि र गोरखाको घलाग–३ स्थित श्री राष्ट्रिय माविलाई पुस्तक सहयोग गरेको हो । राष्ट्रिय गीतका लेखक व्याकुल माइलाले स्कुलका प्रतिनिधिहरुलाई किताब हस्तान्तरण गरेका हुन् ।


    बझाङको भैरव माविका प्रतिनिधि रेणु उपाध्याय र अशोक विष्ट र गोरखाको राष्टिय माविका प्रधानाध्यापक रामबहादुर थापा र व्यवस्थापन समितिका अध्यक्ष मदन वस्नेतलाई संयुक्त रुपमा पुस्तक र स्टेशनरी सामानहरु हस्तान्तरण गरिएको हो ।


    दुवै स्कूललाई एक हजार पाँंच सय ५६ थान किताब किनेर हस्तान्तरण गरिएको हो । बझाङको केदारस्युँं–९ स्थित श्री भैरव माविलाई एक लाख २८ हजार नौ सय ६२ रुपैयाँं बराबरको पुस्तकसहित स्टेशनरी ३३ हजार नौ सय ७० रुपैयाँं बराबरको हस्तान्तरण गरिएको हो । साथै गोरखाको घलाग–३ स्थित श्री राष्टिय माविलाई  एक लाख २७ हजार सात सय ६३ रुपैयाँं बराबरको पुस्तक र स्टेशनरी सात हजार आठ सय ८५ रुैपयौ बराबरको हस्तान्तरण गरिएको हो ।  
    विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले स्कूलका विद्यार्थीको जन्मदिनमा सहपाठीहरुलाई चकलेटलगायतका खाद्य पदार्थ किनेर बाँंडनु भन्दा नयाँं संस्कारको सुरुवात गर्ने उद्देश्यका साथ एभरेष्ट टिएन वर्ड डे फण्ड स्थापना गरेको जनाए । यही फण्डमा २०७४ सालमा संकलित रकमबाट दुर्गम क्षेत्रका विद्यालयका विद्यार्थीलाई पुस्तक सहयोग गर्ने योजना अनुसार पुस्तक हस्तान्तरण गरिएको जनाए ।


    आवश्यकता हेरेर कुनै स्कुललाई कोर्ष बुक अनुसारको त कुनै स्कुललाई रिफरेन्स बुक हस्तान्तरण गर्दै आएको उनले जनाए । गत फागुनमा दुई वटासहित २०७४ सालमा संकलित रकमबाट चार वटा स्कुललाई सहयोग गरेको उनले स्मरण गरे ।


    जन्मदिनमा विद्यार्थीले सकेको आर्थिक सहयोग फण्डमा जम्मा गराउने व्यवस्था स्कुलले मिलाएको उनले जनाए । यो रकम जन्मदिनको दिन सवै विद्यार्थीसामु उदघोष गरी फण्डमा राख्ने उनले जनाए ।


    चकलेटको विकृति रोकेर स्कुलले २०६६ सालदेखि बर्ड डे फण्ड स्थापना गरेको स्कुलले जनाएको छ । विद्यार्थीबाट संकलित रकमबाट पहिलो पटक २०६६ सालमा भक्तपुर अस्पतालका विरामीलाई व्ल्यांकेट वितरण गरेको र त्यसपछिका वर्षहरुमा निरन्तर प्रत्येक वर्ष विभिन्न दुर्गम स्कुलका विद्यार्थीलाई पाठ्यपुस्तक सहयोग गर्दै आएको स्कुलले जनाएको छ । हालसम्म देशका १४ वटा स्कुलहरुलाई पुस्तक हस्तान्तरण भएको स्कुलले जनायो ।


    कार्यक्रममा व्याकुल माइलाले स्कुलले गरेको यो कार्यक्रम देशकै लागि उदाहरणीय रहेको भन्दै प्रशंशा गरे । कार्यक्रममा स्कुल व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य, भक्तपुरका पूर्व जिल्ला शिक्षा अधिकारी नयनसिंह धामी, प्रिन्सिपल भक्त राजभण्डारी, सहायक प्रिन्सिपल कमलादेवी राजभण्डारी अमात्यलगायतले बोलेका थिए ।  


    कार्यक्रममा एभरेष्ट एक्टा करिकलम एक्टिििभजन अन्तर्गत उत्कृष्ट विद्यार्थीलाई अवार्ड वितरण गरिएको थियो । डान्स ,गीत, म्युजिम, बास्केटबल, आर्ट , स्पोटस डेमा गरिएका उत्कृष्ट प्रदर्शनीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।


    साथसाथै वार्षिक साँस्कृतिक कार्यक्रम पनि भएको थियो । वर्र्षभरिको सिकको कुरा यो दिन देखाएका थिए । स्कुलमा शाखदेखि मंसिरमा सिकेको कुरा स्कुलका ससानादेखि १० कक्षासम्मका विद्यार्थीले देखाएका थिए । त्यस क्रममा विशेष गरी उनीहरुले नृत्य देखाएका थिए ।
    तस्वीर छन् ।