२०७६ असोज २ गते

विद्यालयमा भोजभतेर, सार्वजनिक कार्यक्रम गर्न र लाउडस्पिकर बजाउन रोक

ईपाटी संवाददाता



जनकपुरधाम । प्रदेश नम्बर २ का विभिन्न पेशागत संघसंस्थाहरुका प्रमुखहरुको बैठकले विद्यालय समयमा विद्यालयमा भोजभतेर, सार्वजनिक कार्यक्रम सभासमारोह गर्न, विद्यालय नजिकमा लाउडस्पिकर बजाउन, प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।


प्रदेश नं २ को शिक्षा अन्य प्रदेश भन्दा कमजोर रहेकाले त्यसको सुधारका लागि सवै पक्षको सहयोगको आवश्यक रहेको भन्दै बैठकले विद्यालय बाहिर रहेका विद्यालय उमेरका सवै बालबालिकालाई विद्यालयमा ल्याउनकोलागि शिक्षकका पेशागत संघ सस्था र समर्थक सदस्यहरु तथा सम्पुर्ण शिक्षकले पहल गर्ने निर्णय गरेको छ ।


निर्णय हेर्नुस् जस्ताकोतस्तै


१. विद्यालय बाहिर रहेका विद्यालय उमेरका सवै बालबालिकालाई विद्यालयमा ल्याउनकोलागि शिक्षकका पेशागत संघ सस्था र समर्थक सदस्यहरु तथा सम्पुर्ण शिक्षकले पहल गर्ने निर्णय गरियो । यसकोलागि शिक्षकहरुले आवश्यकता अनुसार अभिभावक भेटघाट गर्ने, अभिभावक परामर्श, अभिभावक शिक्षा जस्ता कार्यक्रम स्थानीय तहसंग समन्वय गरेर सञ्चालन गर्ने निर्णय गरियो ।


२. विद्यालयमा भर्ना भएका बालबालिका पनि विद्यालयमा अनियमित नहुने, विद्यालय छाड्ने समस्या समाधान गर्न विद्यालय र शिक्षण सिकाइलाई बालमैत्री बनाउने र विद्यालय अनुपस्थित बालबालिकाका बाबुआमा तथा अभिभावक सँग भेटघाट गर्ने, सम्झाउने र  बाबालिकालाई नियमित हुन अनुरोध गर्ने निर्णय गरियो । विद्यालयको भौतिक अवस्था, खानेपानी, शौचालय, विद्यालयहाता घेरबार र सुधारकोलागि शैक्षिक सरोकारवालाहरु, स्थानीय सरकार, प्रदेश सरकार, विद्यालयका शुभचिन्तक , चन्दादाताहरुमा समेत अनुरोध गर्ने निर्णय गरियो ।


३ शैक्षिक उपलब्धि वृद्धि गर्न निम्न कार्य गर्ने निर्णय गरियो ।
क. विद्यालयको समयमा विद्यालयमा भोजभतेर, सार्वजनिक कार्यक्रम सभासमारोह नगर्न, विद्यालय नजिकमा लाउडस्पिकर नबजाउन, विद्यालयको पठनपाठनमा असरपार्ने कुनैपनिकार्य नगरिदिन सबै सरोकारवालाहरुमा अनुरोध गर्ने,
ख. विद्यालय शान्ति क्षेत्रको अवधारणा बमोजिम विद्यालयलाई निर्वाद रुपमा सञ्चालन हुन बाधा आवरोध नगरिदिन सबैमा अनुरोध गर्ने ।
ग.शिक्षकको तलब मासिक रुपमा उपलब्ध गराउन र विद्यालयमा निकासा हुने रकमहरु समयमा निकासाकोलागि सम्बिन्धित निकायमा अनुरोध गर्ने ।
घ. शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोग बढाउने, शिक्षण कार्यमा सवै शिक्षकले शैक्षिक सामग्रीको प्रयोग गर्ने बानी बसाउने ।
च. सानै कक्षा देखि परीक्षालाई मर्यादित बनाउने, समयमा कोर्स सक्ने, परीक्षासंग अब्यस्त गराउन नमुना परीक्षाहरु सञ्चालन गर्ने, कमजोर विद्यार्थीलाई थप कक्षाहरु सञ्चालन गर्ने र आगामी माध्यमिक शिक्षा परीक्षाहरुलाई पूर्ण मर्यादित, ब्यवसिथत बनउन पहल गर्ने र यसकालागी सवै पक्षसँग अनुराध गर्ने ।
छ. परीक्षाका नतिजाहरुलाई विश्लेषण गर्ने र विद्यार्थीहरुलाई सुधारात्मक पृष्ठपोषण  र अभिभावकसँग छलफल गर्ने ।


४. साक्षरता दर वृृद्धि गर्न शिक्षकहरुले आप्mनो परिवारका निरक्षर सदस्यलाई छ महिना भित्र साक्षर बनाउने, छिमेकमा भएका निरक्षर ब्यक्तिलाई साक्षर हुनकोलागि उत्प्रेरणा जगाउने र विद्यार्थीलाई समेत साक्षरता अभियानमा सरिक गराउने निर्णय गरियो ।


५. नमूना विद्यालय कार्यक्रम परेका विद्यालयहरुलाई उद्देश्य अनुसार सफल पार्न सहयोग पु¥याउने र अव थप हुने कोटाहरु पारदर्शि किसिमले वितरण गर्न र सके सम्म प्रदेश नम्वर २ को शिक्षा सुधारमा सयोग पुग्ने गरी बढी कोटोकोलागि अनुरोध गर्ने निर्णय गरियो ।


६. प्रदेश तहका शिक्षकहरुको पेशागत बैठकलाई आबश्यकता अनुसार राख्ने र व्यवस्थित तरिकाले सञ्चालन गर्ने निर्णय गरियो ।


७. यस प्रदेशमा नयाँ स्थापना भएको शिक्षा विकास निर्देशनालयको कार्यालय भवन  छिटो व्यवस्थापन गर्न सम्वन्धित पक्षसँग अनुरोध गर्ने निर्णय गरियो ।



Comments: