• ताँजाकोट गाउँपालिकाद्वारा विद्यालयलाई दोस्रो चौमासिक निकासा
    (राजन रावत/हुम्ला)

  • ताँजाकोट गाउँपालिकाले आफ्नो पालिका भित्रका सबै तहका विद्यालयहरुलाई दोस्रो चौमासिक निकासा दिएको छ । पालिकाको यो निकासासँगै विद्यालयका शिक्षकहरुले तलब भत्ता खाना पाउने भएका हुन् । दोस्रो चौमासिक अवधि मंसिरदेखि फागुनसम्म मानिन्छ ।


     गाउँपालिका भित्रका १८ वटा मावि, निमावि, आधारभुत र प्राविलाई निकासा दिइएको प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाहीले जानकारी दिए । पालिकामा तीन वटा मावि, एक वटा निमावि, चार वटा आधारभुत र १० वटा प्रावि रहेको उनले बताए ।


     विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीका लागि दोस्रो चौमासिक निकासा एक करोड २० लाख ७१ हजार चार सय ६९ रुपियाँ विद्यालयको खातामा निकासा गएको उनले बताए ।   विद्यालयलाई जानु पर्ने अन्य निकासा भने गएको छैन । जसमा छात्रबृद्धि तथा विद्यालय ब्यवस्थापन खर्च नगएको उनले बताए । ताँजाकोटका १८ वटा विद्यालयहरुमा ७८ शिक्षक तथा २३ जना कर्मचारी रहेको अधिृकत शाहीले बताए ।