२०७६ भदौ १ गते

एसइइ परीक्षाको नतिजा सुधार्न अभिभावक भेला

राजन रावत/हुम्ला


जिल्लाको बाल मन्दिर माविमा आगामी एसइइ परीक्षाको नतिजा सुधार्न भन्दै अभिभावक भेला भएको छ । जेष्ठ अभिभावक परेक बहादुर रोकायाको अध्यक्षतामा सम्पन्न भेलामा आगामी एसइइ परीक्षालाई कसरी प्रभावकारी बनाउने भन्नेबारे छलफल भएको थियो ।


अभिभावक तथा विद्यार्थी र शिक्षकका उपस्थिती रहेको भेलाले आगामी चैत्रमा सञ्चालन हुन गइरहेको एसइइ परीक्षामा बिद्यालयवाट सहभागिता जनाउने विद्यार्थीलाई हिउँदको समयमा पढाइने ट्युसनलाई प्रभावकारी सञ्चालन गर्ने निर्णय गरेको छ ।


 अधिकांश कक्षा दश उत्तीर्ण विद्यार्थीका अभिभावकहरुको उपस्थिती रहेको साधारण भेलामा परीक्षा तयारीमा रहेका विद्यार्थीका  प्रगतिको जानकारी ट्युसनमा सहभागी शिक्षकले अभिभावकलाई गराउनुपर्ने निर्णयसमेत भएको  छ ।


 यस पटक बालमन्दिर माविबाट ६० जना विद्यार्थी मध्य पाँच जनाले परीक्षाका लागि फारम नभरेको र दुई जनाले फारम भरेर पनि परीक्षामा सहभागिता नजनाएका र ५३ जनाले आगामी चैत्रमा संचालन हुने एसइइ परीक्षा दिने भएका छन् ।


 त्यो संगै भेलाले आगामी शैक्षिक सत्र निर्धारित मितिमा सुरु गर्ने र त्यसका लागि शिक्षकहरुले समय मा नै उपस्थित हुनु पर्ने, विद्यार्र्थीलाई अभिभावकले समय मा नै भर्ना गर्न सहयोग गर्नु पर्ने लगायतका निर्णण गरिएको छ ।  यस अिघ पहिलो भेला गत चैत्र महिनामा सञ्चालन भएको थियो ।



Comments: