हुम्ला सिमकोटको बालमन्दिर मावि ३७ औँ वर्षमा प्रवेश

Avatar photo

Byएजुकेशन पाटी

२६ भाद्र २०८१, बुधबार

सिमकोट । शैक्षिक सत्र २०८० मा सिमकोट गाउँपालिकाबाट एसईई परीक्षाका उत्कृष्ट नतिजा ल्याउन सफल बालमन्दिर माध्यमिक विद्यालय ३७ औँ वर्षमा प्रवेश गरेको छ । एक भव्य समारोहकाबिच विद्यालयले आफ्नो ३७ औँ वार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको हो ।

प्रधानाध्यापक कैलाश रोकायाका अनुसार विद्यालय ३६ वर्ष पूरा गरेर ३७ औँ वर्षमा प्रवेश गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देब भण्डारीको अध्यक्षतामा वार्षिकोत्सव कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रोकायाले शैक्षिक सत्र ०८०मा विद्यालयको आयव्यय समेत प्रस्तुत गरेका थिए । जसमा विद्यालयको कुल आम्दानी एक करोड ४७ लाख ४२ हजार ४४८ रुपियाँमा एक करोड करोड ३८ लाख छ हजार ९८९ रुपियाँ खर्च भएको प्रतिवेदन पेश गर्दै बाँकी बजेट विद्यालयको खातामा रहेको उल्लेख गरिएको छ । प्रअ रोकायाले विद्यालयले भोगेका चुनौती, समस्याका वारेमा पनि जानकारी गराएका थिए ।

त्यसैगरी विद्यालयले तयार पारेको सामाजिक परीक्षणको प्रतिवेदन पनि कार्यक्रम सुनाइएको थियो । कार्यक्रममा सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, उपाध्यक्ष शुशिला रोकाया भाम, निमित्त प्रशासकीय अधिकृत उजिर रोकाया, वडा अध्यक्ष देवजन बोहरा, चीन रावत, नन्द रावत, नेपाली काँग्रेसका उपसभापति बसन्त रोकाया, एमाले उपाध्यक्ष प्रकाश बहादुर शाही, माओवादी केन्द्रका सचिव धर्मराज बोहरा, सामाजिक विकास कार्यालयका प्रमुख हर्कबहादुर बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अभिभावकबिच तातो खालु खेल खेलाइएको थियो भने विद्यालयको सदनस्तरीय नृत्य प्रतियोगिता गरिएको थियो । विद्यार्थीहरुले पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्