२०७६ माघ १२ गते

जहाँ विद्यार्थीले शिक्षकको हाजिर गर्छन् !

राजन रावत/हुम्ला




सुन्दा पत्याउन पनि गाह्रो । विद्यार्थीले शिक्षकको हाजिरी गर्ने र उपस्थिति फारम भर्छन भन्दा । तर गरेपछि हुने रैछ । हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाको मान्धारा माविमा प्रत्येक दिन प्रत्येक कक्षामा पठन–पाठन गर्न आउने शिक्षकको हाजिरी विद्यार्थी आफैले गर्ने गरेका छन ।

शुरुमा यो विधि सफल हुँदैन कि भन्ने लागेको भएपनि अहिले भने सफल देखिएको विद्यालयका प्रधानाध्यापक दिल बहादुर शाही बताउँछन् ।

यसबाट शिक्षकहरु पनि समयमा कक्षा कोठामा उपस्थिति हुने र निर्धारित समयसम्म कक्षामा बस्ने वातावरण तयार भएको उनले बताए । प्रत्येक कक्षामा एक थान हाजिरी रजिस्टर र अर्को फारम उपलव्ध गराईको र त्यसमा विद्यार्थीले शिक्षकको पहिलो काम हाजिरी लगाउने , कक्षामा कति समयसम्म उपस्थिति भएको, कुन पाठको कति नम्बर पृष्ठवाट पठन–पाठन भएको र अन्तमा गएको समय समेत भर्ने गरेको प्रअ शाहीले बताए ।

यो कार्य विद्यार्थीस्तरबाटै गर्दा कक्षा कोठा प्रति शिक्षकहरु पनि चनाखो हुने गरेको र शिक्षकको कक्षामा उपस्थिति पनि बाक्लो हुन थालेको बिद्यालयले जनाएको छ ।

कक्षामा कुन शिक्षकको अबस्था कस्तो छ विद्यार्थीबाट गरिएको अनुगमनलाई मासिक रुपमा बस्ने शिक्षकहरुको स्टाप बैठकमा पेश गर्ने गरिएको छ । यसले गर्दा बिद्यायमा शिक्षक र विद्यार्थी सबै पठन–पाठन प्रति निक्कै जागरुक भएको र यसले शैक्षिक स्तर माथि उकास्नेमा टेवा पुगेको विद्यालयले निस्कर्ष देखिन्छ ।

 

Comments: